मुख्य समाचार

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैङ्क

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् । विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि भदौ २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ । भदौ… पुरा पढौ

शनिबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ घट्यो

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीमा हल्का वर्षा

काठमाडौं, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भदौ २३ गते शनिबार दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।… पुरा पढौ

निर्मल बाटिकामा अन्तरविद्यालय ह्याकाथन प्रतिस्पर्धा

काठमाडौं, २३ भदौ । निर्मल बाटिका एकेडेमी र विद्यालयमा रोबोटिक्स कक्षा सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको बियोन्ड अपोजीको संयुक्त आयोजनामा अन्तरविद्यालय ह्याकाथन कम्प्युटर प्रोगामिङ प्रतिस्पर्धा, कोडिङ तथा डिजाइन च्यालेञ्ज २०२३ सम्पन्न भएको छ । प्रतियोगितामा रोबोटिक्स कक्षा सञ्चालन गरिरहेका काठमाडौँ उपत्यकाका १८ विद्यालयको सहभागिता थियो । कार्यक्रममा प्रत्येक विद्यालयका छ प्रतिस्पर्धी थिए । उनीहरूलाई विभिन्न समस्या दिइएको थियो । कोडिङ तथा सफ्टवेयरका माध्यमबाट प्रोग्राम डिजाइन गरेर हार्डवेयर निर्माण गरी निर्णायकसँग प्रस्तुतीकरण गर्नुपर्ने मुख्य काम प्रतिस्पर्धीको थियो । निर्णायकमा नास्टका वरिष्ठ वैज्ञानिक… पुरा पढौ

पर्यटक आकर्षणको केन्द्र बन्दैछ बाग्लुङको ‘रिग ताल’

ढोरपाटन, २३ भदौ । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमनाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ । पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ । पातीहाल्ने मध्यपहाडी… पुरा पढौ

भारतीय सहरमा शनिबारदेखि पोखरा-नेपाल पर्यटन प्रवर्द्धन अभियान शुरु हुने

पाेखरा, २२ भदौ । नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बङ्गाल ट्राभल मार्ट’ को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन व्यवसायीबाट पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने आज साँझ पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । नाट्टाका अध्यक्ष हरिराम अधिकारीले पोखरा र नेपालको लागि पर्यटकको स्रोत बजारका बनेको नेपालसँग सिमाना जोडिएका भारतका सहरमा प्रवर्द्धन अभियान सञ्चालन… पुरा पढौ

चितवनमा तीज विशेष उद्यमशील मेला सुरु, रु ५० लाखको कारोबार हुने

नारायणगढ (चितवन), २२ भदौ । जिल्लामा पहिलोपटक तीज विशेष उद्यमशीलता मेला सुरु भएको छ । मेलाको उद्घाटन समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले महिलाले सञ्चालन गरेको उद्योग तथा व्यवसायलाई राज्यले थप सहयोग तथा प्रोत्साहन गर्नुपर्ने बताए। केही मात्रामा सहयोग गरेको भए पनि अझ विस्तृतरूपमा सबै पक्षलाई समेटेर प्रोत्साहन गर्नुपर्ने धारणा राखे। महिला उद्यमीतर्फ इङ्गित गर्दै उनले भने, “तपाईंहरूले आफ्नै माटोमा पसिना बगाउनु भएको छ । देशका लागि केही गर्न सकुँ भनेर दिनरात खट्नुभएको छ । तपाईंहरू सबैजना धन्यवादको पात्र हुनुहुन्छ… पुरा पढौ

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ, २२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । मुख्यमन्त्री पदको शपथ लिएपछि आज साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गरे। उनले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताए। मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

दमौली, २२ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा गुनासो सुनुवाइ नगरी एकतर्फी रुपमा जग्गा अधिग्रहणको सूचना प्रकाशित गरिएकामा विरोध जनाएका हुन् । प्रसारण लाइनको टावर पर्ने भनी उल्लेख गरिएको तारमुनिका बारेमा केही नबोलिएको भन्दै प्रसारण लाइनको सर्भे गर्दादेखि नै आयोजनाबाट वैज्ञानिक रुपमा नसोचिएको बताइएको छ । केही दिनअघिको भेलाबाट स्थानीय जग्गाधनीहरुले… पुरा पढौ

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मालढुङ्गा-बेनी सडक मर्मत गर्न १ साताको अल्टिमेटम

पर्वत, २२ भदौ । सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारी साधन र हजाराै यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो चुलिएपछि आयोजना कार्यालयले निर्माण व्यावसायीलाई एक साताको अल्टिमेटम दिएको हो । तीस महिनाको सम्झौता अवधि पूरा भइसक्दा यो सडकको जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको छ । सडक निर्माणमा भएको ढिलाइबारे बुझ्न… पुरा पढौ