मुख्य समाचार

वार्षिक १ करोडसम्मकाे कारोबार गर्ने करदाताले अब चौमासिक कर दाखिला गर्न पाउने

काठमाडौं, २२ भदाै। आन्तरिक राजस्व विभागले साना करदाताकाे लागि मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्ने समयावधि बढाएको छ। ‍साना करदातालाई सुविधा दिने उदेश्यले विभागले ४ महिनामा करको विवरण बुझाउन पाउनेगरी समय बढाएको बताएकाे छ। विभागले आज एक सूचना जारी गर्दै वार्षिक १ करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदातालाई चौमासिक कर दाखिला गर्न पाउने गरी व्यवस्था गरेको जनाएको छ। यसअघि त्यस्ता करदाताहरुले पनि मासिक रुपमा विवरण दाखिला गर्दै अाएका थिए । आन्तरिक राजस्व विभागकाे सुचना अनुसार यसअघि मासिक… पुरा पढौ

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिनेछ : अर्थमन्त्री

जनकपुरधाम, २२ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौंमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिए। जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार… पुरा पढौ

निजामती सेवा सम्बन्धी विधेयक छिटै पारित हुनेछ: प्रधानमन्त्री

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे। उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २२ भदौ । साताको सुनचाँदीको कारोबार हुने आज शुक्रबार अन्तिम दिन हो । नेपाली बजारमा यसदिन सुनचाँदीको भाउमा केहि तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको बताएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

मीड सोलु हाइड्रोपावरले आइपीओ बिक्रीमा ल्याउदै

काठमाडौं, २२ भदाै । मीड सोलु हाइड्रोपावरले सेयर (आइपीओ) बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । यसअघि कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७४ हजार ८४० कित्ता बाँडफाँड गरिसकेको छ ।  कर्मचारीहरुका लागि १४ हजार ९६८ कित्ता र सामुहिक लगानी काेषका लागि ३७ हजार ४२० कित्ता रहेकाे छ । यसबाट… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको भाउ

काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहिको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

इमेज सहकारीको डेढ अर्ब हिनामिना गरी फरार अध्यक्ष नेपालीलाई रेड कर्नर नोटिस जारी गर्ने तयारी

बागलुङ, २२ भदौ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ । नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। बागलुङ बजारमा मुख्य कार्यालयसहित… पुरा पढौ

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक, २२ भदौ । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन्। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ । सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु… पुरा पढौ

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

बैतडी, २२ भदौ । बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ३३ हजार दुई सय १७ परिवार आबद्ध भएका हुन् । स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चार सय ८६ परिवारमात्रै शुल्क तिरेर कार्यक्रममा आबद्ध… पुरा पढौ

पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : डा रेग्मी

काठमाडौं, २२ भदौ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले देशको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउन पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई छुट्टाछुट्टै फोटोपत्रकारिता प्रशिक्षणको समापनका अवसरमा बोल्दै उनले देशको पर्यटनका बारेमा लेखिने सकारात्मक समाचारले देशकै छवि निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड र संयुक्त… पुरा पढौ