मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंकको शाखा वालिङमा, निर्धक्कसँग बैंकिङ कारोबार गर्न प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे आग्रह

काठमाडौं, २५ भदाै। राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ मा शाखा कार्यालय खाेलेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार उक्त शाखाको समुदघाट्न गरेका हुन् । यससँगै बैंकको देशभर २ सय ८२ वटा शाखा कार्यालय पुगेका छन् । साे अवसरमा मन्त्री गुरुङले राष्ट्रिय वाणिज्य बैंकले वालिङमा शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार यहि बैंकसँग गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी… पुरा पढौ

उत्पादन र रोजगारी बढाउने योजना ल्याउन परिसङ्घकाे सुझाव

काठमाडौं, २४ भदौ । आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको सुझाव हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति… पुरा पढौ

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर सहित सबै धरौटीमा रिहा

काठमाडौं, २४ भदौ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङलाइ २ करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो… पुरा पढौ

सशस्त्र प्रहरी बलको फ्युल सेन्टरमा ‘चार्जिङ स्टेशन’ उद्घाटन

काठमाडौं, २४ भदौ । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा आज दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे । सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताका… पुरा पढौ

नेप्से १९४२.६८ विन्दुमा उक्लियो, १ अर्ब बढीको कारोबार

काठमाडौं, २४ भदौ । केहि दिनको ओरालाको यात्रालाई बिश्राम दिदैं नेप्सेले उकालोको यात्रा तय गरेको छ । नेप्सेको उकालोको यात्राले केहि सुधार आउँछ कि भन्ने लगानीकर्ताको अपेक्षा रहेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंकको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३२ अंकले बढेर ३७३.९० विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये १ वटामा मात्रै रातो लागेको छ । बाँकी १२ वटामा हरियो लागेको छ ।… पुरा पढौ

दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन सम्पन्न

महेन्द्रनगर (कञ्चनपुर) २४ भदौ । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्रको स्थापनाका गर्न करिब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा उक्त प्रस्ताव भएको थियो । यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ… पुरा पढौ

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

काठमाडौं, २४ भदौ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । “सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला”, दाहालले भने। यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो… पुरा पढौ

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

काठमाडौं, २४ भदौ । हिमालय एयरलाइन्सले काठमाडौं देखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्राउने बताए। “हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको… पुरा पढौ

महासचिवद्वारा अध्यक्ष माओत्सेतुङ्गको समाधिस्थल अवलोकन

काठमाडौं, २४ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुङ्गको समाधिस्थल अवलोकन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुङ्गको समाधिस्थल अवलोकन गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए। महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका थिए। महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको… पुरा पढौ

सुन तोलाको १ लाख ११ हजार ९ सयमा झर्यो, चाँदी पनि घट्याे

काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने आईतबार आज पहिलो कारोबार हुने दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ