मुख्य समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन संसद्को ध्यानाकर्षण

काठमाडौं, २० भदौ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभइ अनुदान लिनुपर्ने आग्रह गरेको हो । टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्को भूमिका निर्वाह गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनको क्षेत्रमा… पुरा पढौ

बुधबार सुनचाँदीको भाउमा गिरावट, तोलाको कति ?

काठमाडौं, २० भदाै। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्दै, यूरोको घट्यो

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ । अघिल्लो दिन अमेरिकी डलरको भाउ बढेर सटही भएको थियो भने यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ घटर सटही भएको थियो । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले… पुरा पढौ

ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्सबीच सवारी कर्जा प्रवाहसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, २० भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. बीच सवारी कर्जा प्रवाह गर्ने बारेमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुबैबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा उपलव्ध गराउने बारेमा हस्ताक्षर गरिएकाे हाे । बैंकले, भि जि इम्पेक्स प्रा.लि. र उसका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप र ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्नु परेमा तीन दिनमा सेवा पाउनेछन् । यसका लागि सवारीधनि नेपालीले… पुरा पढौ

खाली जग्गाकाे सदुपयोग : लटरम्मै कागती

मलेखु (धादिङ), २० भदौ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्। लम्सालले भने, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै… पुरा पढौ

११ वटा थपिएपछि नयाँ ब्राेकर कम्पनीकाे संख्या २८ पुग्याे

काठमाडौं, २० भदाै । अब सेयर काराेबार गर्ने नयाँ कम्पनीहरूकाे संख्या २८ पुगेको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ ११ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्नका लागि सदस्यता दिएपछि साे संख्या २८ पुगेको हाे । नेप्सेले मंगलबार ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्नका लागि सदस्यता प्रदान गरेको हो । नेप्सेका अनुसार नयाँ सदस्यता प्रदान गरिएका नयाँ ११ ब्रोकर कम्पनीहरुकाे कार्यहरूमा सिमितता रहेकाे जनाइएकाे छ । नेपाल स्टक एक्सचेन्जले गएकाे असार २१ गते ७, साउन १२ गते ७ र साउन १९ गते ३… पुरा पढौ

जोखिमपूर्ण कार्य नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्छ :अध्यक्ष ओली

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गरेका छन्। मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उल्लेख गरेका छन् । “अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौं, २० भदाै । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  को पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित भएकाे जनाएकाे छ । पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। भदौ… पुरा पढौ

आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, २० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति

काठमाडौं, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएका छन् । भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सो कुराको अपेक्षा गरे। राष्ट्रपति पौडेलले भने, “यस पर्वले… पुरा पढौ