मुख्य समाचार

विद्युत् बिक्रीकाे अम्दानी बढेपछि ग्रीन भेन्चर्सकाे नाफामा १९०.३८ प्रतिशतले बृद्धि

काठमाडौं, ६ भदाै । ग्रीन भेन्चर्स लिमिडेटको नाफा बढेको छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणअनुसार कम्पनीकाे खुद नाफा १९०.३८% ले बढेकाे छ । यसरी बढेकाे नाफा ३१ करोड ९० लाख ५९ हजार रहेकाे छ । कम्पनीकाे अघिल्लो वर्षको साेहि अवधिकाे नाफा १० करोड ९८ लाख ७६ हजार रहेकाे थियो । गत वर्ष विद्युत् बिक्रीकाे अम्दानी बढेपछि कम्पनीले खुद नाफा कमाउन सफल भएकाे हाे । यस अवधिमा विद्युत् बिक्रीबाट भएकाे आम्दानी ६३.८६% ले बढेकाे देखिन्छ… पुरा पढौ

सहकारी इतिहासमै पहिलो पटक विकूद्वारा पिओएस मेसिन शुभारम्भ

गैँडाकोट (नवलपरासी) ६ भदौ । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ । उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरे। जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए। ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो । सो… पुरा पढौ

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

वासिङ्गटन डिसी, ६ भदौ । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन्। भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो । होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए । मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली… पुरा पढौ

आठ सय कृषि फार्म पाए ५० प्रतिशत अनुदान

पाेखरा, ६ भदौ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई रु सात करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई रु आठ करोड अनुदान रकम उपलब्ध गराइएको छ । “साना व्यावसायिक पशुपक्षी र कृषि… पुरा पढौ

भगवती हाइड्रोपावरकाे सेयरमा पहिलाे दिनमै चार गुणा बढी आवेदन पेश

काठमाडौं, ५ भदाै । सर्वसाधारणका लागि सेयर (आइपीओ) जारी गरेकाे पहिलो दिनमा नै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे सेयरमा मागभन्दा बढी चार गुणा बढी आवेदन परेकाे छ। सिडिएससीका अनुसार आज साँझ ५ः०७ बजेसम्म ३ लाख १ हजार ८७५ जना आवेदकले ३४ लाख २२ हजार २० कित्ताका लागि आवेदन पेश गरेका छन् । जाे ३९ करोड ६९ लाख ५४ हजार ३२० रुपैयाँ बराबरको आवेदन हो । कम्पनीले १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँकाे दरले ७ लाख १२ हजार २२० कित्ता सेयर… पुरा पढौ

साउन महिनामा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

काठमाडौं, ५ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।… पुरा पढौ

ग्लोबल आइएमई र बीओके क्यापिटल गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं, ५ भदाै । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिएका छन् । यसरी मर्ज भएका दुबै कम्पनीकाे एकिकृत काराेबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट शुरु गरिएकाे छ । यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएपछि २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार गर्दै आइरहेका छन् । दुबै कम्पनीकाे एकीकृत कारोबारको सेबाेनका अध्यक्ष रमेश कुमार हमालले काठमाडौं आयाेजना गरिएकाे एक कार्यक्रममा औपचारिक रुपमा शुरु गरेका थिए । कार्यक्रमकाे प्रमुख अतिथि… पुरा पढौ

नेप्सेको ओरालोको यात्रामा ब्रेक, २०१५.९८ विन्दुमा उक्लियो

काठमाडौं, ५ भदौ । केहि दिनको ओरालोको यात्रालाई बिराम लगाउँदै नेप्से परिसूचक उकालो लागेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल उच्च भएको छ । तर कारोबारमा भने उल्लेखनीय बढोत्तरी भने भएको छैन । यसदिन नेप्सेमा १७.६९ अंकको बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २०१५.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३६ अंकले बढेर ३८५.९८ विन्दुमा पुगेको छ । आज नेप्सेमा हरियाली छाएको छ । यो… पुरा पढौ

सरकार विद्युत्बाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे । अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। उानले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।” बङ्गलादेशसँग… पुरा पढौ

भगवती हाइड्रोकाे आईपीओमा आजबाट आवेदन खुल्ला

काठमाडौं, ५ भदाै । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ५८ हजार ९७ कित्ता सेयर खुलाएकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरमा ८ लाख… पुरा पढौ