मुख्य समाचार

सुनकाे मुल्य ५ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ७ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको… पुरा पढौ

ग्रामीण विकास लघुवित्तकाे नाफामा १७.२२ प्रतिशतले बृद्धि

काठमाडौं, ७ भदाै । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार साे नाफा कमाउन सफल भएकाे हाे । जाे अघिल्लो वर्षकोभन्दा १७.२२ प्रतिशतले बढी हाे । कम्पनीकाे अघिल्लो वर्षकाे साेहि अवधिकाे नाफा रुपैयाँ ५ करोड ८७ लाख रहेकाे थियो । संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने गिरावट भएकाे छ ।  संस्थाकाे खुद ब्याज आम्दानी २.०५ प्रतिशतले घटेकाे छ ।… पुरा पढौ

आज पनि अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज पनि अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ र… पुरा पढौ

भूमिहीनको एउटै प्रश्न, लालपुर्जा पाउने कहिले ?

दाङ, ७ भदौ । घोराही उपमहानगरपालिका–१६ को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छिन्, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू कता हराए उनले सोधिन्। साबी जस्तै मुक्त कमैया शिविरमा बस्दै आएकाहरूको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै अलपत्र अवस्थामा छ । “जिल्ला प्रशासनको जग्गामा बसेको २३ वर्ष बित्यो । हिजोजस्तो अवस्थामा हामीलाई छाडियो आज पनि दैनिकी उस्तै छ… पुरा पढौ

आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं, ७ भदौ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउछन्। शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी… पुरा पढौ

तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

बारा, ७ भदौ । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा… पुरा पढौ

मनसुनी वर्षा अझै तीन दिन रहने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, ७ भदौ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने। महाशाखाले… पुरा पढौ

मुलुकको वैदेशिक व्यापार २.२८ प्रतिशतले घट्यो

काठमाडौ, ६ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार २ दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर रु एक… पुरा पढौ

हेटौंडा वितरण केन्द्रकाे २ अर्ब ३७ करोड विद्युत् बक्यौता उठ्न बाँकी, शिवम् सिमेन्टले २ अर्ब महसुल तिरेन

बागमती, ६ भदौ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए। उनका अनुसार सिमेन्ट उद्योगले ८ वर्षदेखि बक्यौता तिरेको छैन । इञ्जिनियर चौहानले उद्योगले हालसम्मको २ अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए। “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि… पुरा पढौ

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

काठमाडौं, ६ भदौ । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दलका प्रमुख सचेतकले हस्ताक्षर गर्नुभएको छ । सुनलगायतका सामग्री पटक पटक तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्न र… पुरा पढौ