मुख्य समाचार

रिलायबल नेपाल लाइफकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २३ गतेदेखि प्रिमियममा प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १५७ रुपैयाँ थपेर प्रतिशेयर २५७ रुपैयाँमा सेयर बिक्रीमा ल्याएकाे थियाे । जारी पूँजी रुपैयाँ ४ अर्बको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याइएकाे थियाे । यसमा १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बाँडफाँड भइसकेकाे छ । यस्तै ६ लाख… पुरा पढौ

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

वाशिङ्गटन डिसी, २६ साउन । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो । उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो । दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल… पुरा पढौ

भजनी र टीकापुर क्षेत्र डुबानकाे चपेटामा, दीर्घकालीन समाधानको खोजी

भजनी, २६ साउन । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । “बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरीले भने–“बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने… पुरा पढौ

प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, सेयर बिक्रीको तयारी

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा आव २०७८÷७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता

जाजरकोट, २५ साउन । उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ। सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो । स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ । यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न… पुरा पढौ

छापिएका २ लाख चालक अनुमतिपत्र लिन आएनन् सेवाग्राही

काठमाडौं, २५ साउन । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकडेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ । धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन… पुरा पढौ

अन्तिम दिन नेप्सेमा सामान्य अंकको बृद्धि, २ अर्बको कारोबार

काठमाडौं, २५ साउन । साताको सेयर कारोबार हुने अन्तिम पाँचाै दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्सेमा देखिएकाे सकारात्मक माहाेलले लगानीकर्तामा उत्साह थपिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी ८ वटामा हरियो लागेको छ । यसदिन कुल २६९ कम्पनीहरुको सेयर कारोबार… पुरा पढौ

कैलालीमा ९ सय बढी बाढीपीडितहरू सडकमा

टीकापुर, २५ साउन । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ । टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७… पुरा पढौ

भक्तपुर–नगरकोट सडकखण्ड: सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर, २५ साउन । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु । त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्र घुमाउनेमा बाटो नै खस्ने गरी चर्किएको सडक, नगरकोटसम्म कालोपत्र भत्किएर बनेका खाल्डोभरि जमेको पानी, हिलाम्मे सडक । दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर–नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दूरावस्ता, ठाउँठाउँमा सडकको छेउँमा चर्किएर सडक नै पहिरोमा… पुरा पढौ

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुन किन हुदैछ ढिलाइ ?

काठमाडाैं, २५ साउन । सरकारकाे मन्त्रिपरिषदबाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन । मन्त्रिपरिषद्को उक्त बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो भने निर्णयबारे सरकारका प्रवक्ताबाट सार्वजनिक जानकारी दिइ सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्बाट स्वीकृत भएको मस्यौदा मन्त्रालयमा प्राप्त भएपछि सदनमा दर्ता गरिने बताए। हालसम्म मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णयबारे आधिकारिक जानकारी प्राप्त भएको छैन ।… पुरा पढौ