मुख्य समाचार

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले रुपैयाँ १० अर्ब बराबरकाे "विकास ऋणपत्र २०८८ (ख)" विकास ऋणपत्र बिक्री गर्दैछ । बैंकले ८ वर्ष अवधि रहेकाे साे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । बैंकले ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाेबाट तय हुने जानकारी दिएकाे छ । राष्ट्र बैंकले ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउने जनाएकाे। ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र धिताे राखी कर्जामा लिन र… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने यसदिन घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रिदर १३२ रुपैयाँ… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ३६.७४ प्रतिशतले बृद्धि

काठमाडौं, २७ साउन । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे नाफा बढे इपिएस भने घटेकाे छ । काेषकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार काेषकाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढेको हाे । गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३६.७४ प्रतिशतले बढी देखिन्छ । अघिल्लो आर्थिक वर्षमा काेषकाे नाफा ६६ करोड ३९ लाख रुपैयाँ थियो। कोषको ब्याज आम्दानी… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडकखण्ड ५ दिन पूर्णरुपमा बन्द

म्याग्दी, २७ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो । उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म… पुरा पढौ

देशभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २७ साउन। गए रातीदेखि देशभर भारी बर्षा भइ रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी ३ दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । आज… पुरा पढौ

महिलाको नाममा जग्गा पास गर्ने बढे

तनहुँ, २७ साउन । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्टे«सन पास वापत रु २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद… पुरा पढौ

रिलायवल लाइफकाे आईपीओमा १.८२ गुणा बढी आवेदन

काठमाडौं, २७ साउन । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर आईपीओमा आवेदन मा १४ लाख ७७ हजार बढी आवेदकले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ्गले जनाए अनुसार आबेदनको अन्तिम दिन साँझ सम्म १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता सेयर माग गरिएकाे छ । याे माग सर्वसाधारणको लागि जारी गरिएकाे ९६ लाख कित्ताभन्दा १.८२ गुणा बढी हाे । सेयरमा मागभन्दा बढी आवेदन परेकोले… पुरा पढौ

बेलायती प्रधानमन्त्री सुनकलाई हिमालय जेटका अध्यक्ष गुरुङले दिए नेपाल भ्रमणकाे निम्ताे

काठमाडाैं,२७ साउन ।  नेपालकाे पाेखरामा जन्मिएर हाल बेलायतमा बसाेबास गरिरहेका नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले त्यहाँका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणकाे निम्ताे दिएका छन। बेलायती प्रधानमन्त्री सुनक र व्यवसायी दिपेन्द्र गुरुङबीच बेलायतको राजधानी लन्डनमा भएकाे भेटका क्रममा गुरुङले सुनकलाई बिदा मनाउन नेपाल भ्रमणकाे निम्ताे गरेका हुन्। भेटमा गुरुङले हिमालय जेटले नेपालमा उडान सुरु गर्नासाथ समय मिलाएर पशुपतिनाथ दर्शन र हिमाल अवलोकनका लागी नेपाल भ्रमण गर्न प्रधानमन्त्री सुनकलाई अनुराेध गरेकाे हिमालय जेट सचिवालयले जनाएकाे छ। साे क्रममा प्रधानमन्त्री सुनकले गुरूङकाे… पुरा पढौ

पोखराका चोकमा रहेका सालिक पार्कमा स्थानान्तरण गरिने

पाेखरा, २६ साउन । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो । पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ । पोखरा महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा आज महानगर कार्यालयमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले चोक तथा सडकमा रहेका सालिक हटाउने निर्णय गरेको हो । महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला… पुरा पढौ

सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु

कमलामाई (सिन्धुली), २६ साउन । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए। कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर… पुरा पढौ