मुख्य समाचार

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर बिकीमा ल्याउने

काठमाडौं, २५ साउन । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर बिकीमा ल्याउने भएकाे छ । फाइनान्सले भदौ १० गतेदेखि हाल कायम रहेकाे चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद बिक्रीमा ल्याउने भएकाे हाे । फाइनान्सका अनुसार १०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर निष्काशन गरिने भएकाे छ । हाल कायम रहेकाे चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता जारी हुनेछ । सेयर निष्काशनकाे प्रयोजनका लागि फाइनान्सले साउन… पुरा पढौ

सुन तोलाको १ लाख ११ हजार ३ सयमा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २५ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुन ताेलामा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १० हजार… पुरा पढौ

कालिका लघुवित्तको नाफा ४ करोड ६२ लाख

काठमाडौं, २५ साउन । कालिका लघुवित्त वित्तीय संस्थाले ४ करोड ६२ लाख मुनाफा कमाएकाे छ । गत आर्थिक वर्षको असारकाे अन्त्यसम्ममा लघुवित्तले याे खुद नाफा कमाएकाे हाे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ६४.०१ प्रतिशतले कम रहेकाे छ। अघिल्लो आर्थिक वर्षमा याे नाफा १२ करोड ८४ लाख ९५ हजार रहेकाे थियो। खराब कर्जा बढेकाे र खुद ब्याज आम्दानी घटेकोले लघुवित्तको खुद नाफा प्रभावित भएकाे बताइएकाे छ। संस्थाकाे खुद नाफा १३.४८ प्रतिशतले तथा अन्य सञ्चालन आम्दानी २७.५१ प्रतिशतले घटेको… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्याे, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । मंगलबार पनि अमेरिकी डलरको भाउ घटेको थियो । यूरोको भाउ भने यसदिन बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल मुद्धा : डा रेग्मी

काठमाडौं, २५ साउन । सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा रहेकाले सोहीअनुरुप अगाडि बढ्ने प्रयास गरिरहेको बताए । उनले भने, “सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्राविधिक जटिल प्रकृतिको विधा भएको र यसमा बहुसरोकारवालाको सहभागिता… पुरा पढौ

घर बहाल निर्देशिका जारी भएसँगै राजस्व सङ्कलनमा बृद्धि

काठमाडौं, २५ साउन । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ । कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो । कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता… पुरा पढौ

उत्पादित आलुले बजार नपाउदा किसान मारमा

गलेश्वर, २५ साउन । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले… पुरा पढौ

मणिपाल, चरक र हिमालय आँखा अस्पतालमा निःशुल्क आँखा परीक्षण र औषधि वितरण

पाेखरा, २५ साउन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ । मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा… पुरा पढौ

देशमा ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडौं, २४ साउन । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक रहेकामा हाल त्यो बढेर ७५ लाख बराबर पुगेको छ । आव २०७९/८० को अन्त्यसम्ममा मुुलुकको कूल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ… पुरा पढौ

काठमाडौं महानगरले १० अर्ब २५ करोड राजस्व उठायाे

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि १० अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ । आव २०७८/०७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए… पुरा पढौ