मुख्य समाचार

गण्डकीमा केही सडक र पुल आयोजना वर्षौदेखि रुग्ण

पाेखरा, ९ साउन । विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ । तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दासमेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए। “पुलको दुवैतिर जगमात्र बनेको छ, बाँकी अलपत्र छ”, उनले… पुरा पढौ

यी हुन मौद्रिक नितिका महत्वपूर्ण मुख्य ३० बुँदाहरु

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंक ले २०८०/८१ को मौद्रिक निति सार्वजनिक गरेको छ। मौद्रिक नितिका मुख्य रुपमा महत्वपूर्ण मानिएका ३० बुँदाहरुलाई यहाँ प्रस्तुत गरिएकाे छ । १.मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य। २.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ३.विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण ४ .अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावतनीतिगत दरलाई ५० आधार… पुरा पढौ

आउने दिनमा बैंक ब्याजदर अझै घट्छ : अध्यक्ष केसी

काठमाडौं, ९ साउन । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आउने दिनमा बैंककाे ब्याजदर अझै घट्ने जानकारी दिएका छन् । संघले हिजाे गरेकाे पत्रकार सम्मेलनमा उनले बैंककाे ब्याजदर घट्ने बताएका हुन् । साे अवसरमा उनले राष्ट्र बैंकले गरेको निर्देशनमा असारमा स्प्रेड दर ४ प्रतिशतमा झारेकाेले अब आउने दिनहरुमा ब्याजदर थप घट्दै जाने बताए । केसीले व्यवसायीहरुले माग गरे अनुसार नै ब्याजदर घट्दै गएको बताए । पत्रकार सम्मेलनमा केसीले नेपाल राष्ट्र बैंकले ल्याएकाे चालु आर्थिक वर्षको मौद्रिक नीति समग्रमा राम्राे रहेकाे… पुरा पढौ

मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र

काठमाडौं, ९ साउन । निजी क्षेत्रका तीन प्रमुख संस्थाले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति प्रकाशन गरी यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीको सामना गर्ने… पुरा पढौ

आइएमएफको टोली र योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं, ८ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो । भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका विषयमा चासो राखेको थियो । १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना, सार्वजनिक लगानी व्यवस्थापन मूल्याङ्कन (पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट… पुरा पढौ

उछाल आएको भाेलिपल्ट नेप्सेमा करेक्सन, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, ८ साउन । कारोबार सन्तोषजनक भएको भएपनि सोमबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएकै दिन आईतबार उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टै आज करेक्सन असामान्य नभएको सेयर बजारका जानकारहरु बताउँछन् । सेयर बजारमा दिनहुँ आरोह अवरोहका घटनाक्रमहरु भईरहने भएपनि नीतिगत सुधारको खाँचो भने आवश्यक हुने उनीहरुको तर्क छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको छ । नेप्सेमा १.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१४ अंकले घटेर… पुरा पढौ

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

म्याग्दी, ८ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन् । लामो समय विदेशी भूमिमा काम गरेपछि फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन्। “विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ”, उनले भने, “हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।” हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि छ वर्ष… पुरा पढौ

लाइसेन्स बनाइदिने भन्दै साढे ४ लाख ठगी गरेका परियार पक्राउ

काठमाडौं, ८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी रु चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको… पुरा पढौ

विदेशी लगानी सहज बनाउन विनियमावली संशोधन हुने

काठमाडौं, ८ साउन । नेपाल सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंककाे विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन हुने भएकाे छ। राष्ट्र बैंकले हिजाे सार्वजनिक गरेकाे माैद्रिक नीतिमा साे बिषय उल्लेख गरिएकाे छ। सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग÷व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे बृद्धि

काठमाडौं, ८ साउन । साताको सेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक लयमा देखिएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । यसअघि आइतबार नेप्सेमा ६३.२४ अंककाे बृद्धि भएर २२२७.१६ विन्दुमा उक्लिइ बजार बन्द भएकाे थियाे । साेमबारकाे यस सेसनमा नेप्सेमा ०.०४ अंककाे बृद्धि भएर २२२७.२१ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले घटेको छ। आजकाे प्रि ओपन सेसनमा ४७ स्टकले ३९ लाख ५० हजार ४९२ रुपैयाँ बराबरको काराेबार… पुरा पढौ