मुख्य समाचार

मेयर आचार्यको मौखिक आदेश भन्दै नगर प्रहरीद्वारा पोखरा फुटवयेरमा बिना सूचना ताला, व्यवसायीहरू आक्राेशित

पोखरा,९ साउन। नेपालका १० वटा जुत्ता कंपनीबाट उत्पादित जुत्ता चप्पल सहुलियत मूल्यमा बिक्री गर्ने उदेश्यले उद्योगीहरूले पोखरामा स्ठापना गरेकाे ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’मा आज पाेखरा महानगरपालिकाले ताला लगाएकाे छ। मेयर धनराज आचार्यको मौखिक आदेश भन्दै नगर प्रहरीहरूले बिना सूचना शाेरूम प्रबेश गरेर ग्राहक तथा कर्मचारीलाइ हर्कत गर्दै शाेरूम बन्द गराएकाे व्यवसायीहरूले बताएका छन । नयाँ ब्यवसायीलाइ प्राेत्साहन गर्नुकाे साटाे केही ब्यक्ति र समूहले दिएकाे गलत सूचनाकाे भरमा बास्तविकता नबुझी शाेरूम बन्द गराएकाेमा लगानीकर्ताहरू आक्राेशित बनेका छन। १ करोडभन्दा बढी लगानी… पुरा पढौ

गत आवमा करिब ८० करोडको सिमेन्ट निर्यात

काठमाडौं, ९ साउनगत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र रु ४२ करोड तीन लाख ५५ हजार बरारबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन… पुरा पढौ

पूर्वी नाकाबाट ६ अर्बको तरकारी र फलफूल आयात

झापा, ९ साउन । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरको फलफूल आयात भएको हो । स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र… पुरा पढौ

नेप्सेमा ३७.६२ अंकको गिरावट, करिब ३ अर्बको कारोबार

काठमाडौं, ९ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिनमा उछाल आएको भएपनि त्यसपछिका दिनहरुमा नेप्सेमा लगातार गिरावट भईरहेको छ। मौद्रिक नीतिले सेयर बजार लगायतका क्षेत्रहरुलाई संवोधन गर्ने आशय दिएतापनि लगानीकर्ताहरु ढुक्क हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा व्याजदर घट्दै जाने बैंकर्ष संघले बताईरहँदा नीजि क्षेत्र भने असन्तुष्ट रहेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.६२ अंकले घटेर २१६२.८७ विन्दुमा झरेको छ ।… पुरा पढौ

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा

काठमाडौं, ९ साउन । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्न लागिएको हो । हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ ।… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’सँग आइएफएडीका प्रमुख एल्भारोको भेट

काठमाडौं, ९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् । आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य… पुरा पढौ

मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ९ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकि रहेको छ। कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेकाे थियाे । जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ तथा कालिञ्चोक गाउँपालिका वडा नं. ३ का जनताले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेको छ । चाँदीमा भने रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले… पुरा पढौ

अमेरिकी डलर र यूरोसहित अन्य देशको मुद्राको भाउ घट्यो

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अन्य केहि देशको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६१ पैसा… पुरा पढौ

काभ्रेमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सुरु

काभ्रे, ९ साउन । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ । दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो । सम्झौताअनुसार हाल दुवै अस्पतालले उक्त सेवा सुरु गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ । धुलिखेल अस्पतालका प्रशासन… पुरा पढौ