मुख्य समाचार

सुनको भाउमा रु ३ सयले गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार सुनको भाउ रुपैयाँ १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १… पुरा पढौ

साेमबार अमेरिकी डलर र यूरोको भाउ स्थिर, अन्यको कति ?

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ स्थिर रहेको छ । अन्य केहि देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८२ पैसा… पुरा पढौ

गण्डकी प्रदेशकाे दोस्रो पञ्चवर्षीय योजनामा रोजगारलाई प्राथमिकता

पाेखरा, ८ साउन । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले भने, “पहिलो चरणमा केही स्थानीय तहका प्रमुखसँग छलफल गरिएको छ, प्रदेशका ११ वटै जिल्लामा पुगेर योजनाबारे सुझाव लिन्छौँ ।” आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्री, सचिव,… पुरा पढौ

अख्तियारद्वारा नक्कली बिल बनाई भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ८ साउन । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७५/७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा… पुरा पढौ

कोशी, मधेश, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, ८ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएकाे छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका एक-दुई स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण ०८ गते (सोमबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना… पुरा पढौ

याकचौँरीलाई लम्पी स्किनविरुद्धको खोप लगाउन शुरु

मनाङ, ८ साउन । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो । मनाङका याकचौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किन विरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र याक, नाक (झोपा) तथा चौँरी गरी ५१ लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको उनले बताए। “लम्पी स्किनको… पुरा पढौ

कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान

काठमाडाैं, ७ असार। ज्ञानेश्वर काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवर्धन गर्न आफ्ना महिला कर्मचारी र ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरेको छ । बैंकले दिगो विकासको लक्ष्य अन्तर्गत केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालयहरुमा समेत भेन्डिङ्ग मेसिन जडान गरेको हो । उक्त मेसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले महिनावारीको वेला सेनिटरी प्याड सहजै प्राप्त गर्न र प्रयोग गर्न सकिने बताइएको… पुरा पढौ

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गरिने

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए। खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी… पुरा पढौ

बैंकहरूले पुर्याए क्षेत्रगत र विपन्नवर्ग कर्जाको लक्ष्य

काठमाडाैं, ७ असार । बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् । नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत असार ममान्तसम्मा उनीहरुले गरेको कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा प्रवाह गरिसक्न भनेको थियो ।… पुरा पढौ

मौद्रिक नीति आएकै दिन नेप्सेमा उछाल,साढे ४ अर्बको कारोबार

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, घर जग्गाको कारोबार तथा बैंक, वित्तीय क्षेत्रका समस्याहरुलाई संवोधन गर्ने गरी आर्थिक वर्ष २०८०-०८१ को मौद्रिक नीति सार्वजनिक गरेकै दिन आज उछाल आएको छ । नेप्सेको घेरो अर्धशतक भन्दा अझैं माथि पुगेको छ । कारोबार रकम पनि सन्तोषजनक रहेको छ । नेप्सेमा आएको उछालले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेप्सेमा आएको उछालसंगै नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ… पुरा पढौ