मुख्य समाचार

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं, २ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् । आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ । यसका लागि… पुरा पढौ

उद्योग विभागद्वारा ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

काठमाडौं, २ साउन। उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ । विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन… पुरा पढौ

क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स

ब्रसेल्स, २ साउन । क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ । यस धुवाँले फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली सङ्घको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले शुक्रबार बताएको छ । क्याम्सले जनाएअनुसार जङ्गली आगोको धुवाँले न्यूयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका शहरहरूमा हावाको गुणस्तर अत्यन्त खराब बनाएको चेतावनी जारी गरिसकेको छ । न्यू जर्सीमा आगामी आइतबार विश्वकप फाइनलको आयोजना हुँदैछ… पुरा पढौ

मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम, २ साउन । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट रु एक अर्ब ७७ करोड ९५ लाख २२ हजार र सवारीसाधन करबाट रु दुई अर्ब २७… पुरा पढौ

साप्ताहिक सेयर बजार: नेप्से ३ प्रतिशतले बढ्यो, कारोबार रकम ६ अर्ब नजिक

काठमाडौं, २ साउन। यो साता धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता करिब ३ प्रतिशत (२.९५ प्रतिशत) ले बढेर बन्द भएको छ । गत साता २६००.७८ विन्दुमा रोकिएको नेप्से, यस साता ७६.७६ अंकको वृद्धिसहित २६७७.५४ विन्दुमा पुगेको हो । यस साता पाँच कारोबार दिनमध्ये चार दिन बजारमा हरियाली छायो भने केवल एक दिन मात्र नेप्सेमा गिरावट दर्ता भयो । सूचक तथा कारोबार रकममा सुधार नेप्सेसँगै बजारका अन्य महत्वपूर्ण सूचकहरूमा पनि सुधार देखिएको छ:… पुरा पढौ

युवालाई कृषिमा आकर्षित गर्दै हेटौंडा उपमहानगरपालिका

हेटौँडा, २ साउन। हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३- ८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ । माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत माटोको नमूना परीक्षण गरिएको छ… पुरा पढौ

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं, २ साउन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका… पुरा पढौ

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २ साउन। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा… पुरा पढौ

‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे

ललितपुर, १ साउन। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनमार्फत ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था ल्याइनु सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदम भएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले अत्यधिक कम मूल्यमा ठेक्का लिने प्रवृत्तिका कारण विकास आयोजना प्रभावित हुँदै आएको उल्लेख गर्दै नयाँ व्यवस्थाले राज्यको खर्च गर्ने क्षमता बढ्नुका साथै निर्माण क्षेत्र पनि व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक खरिद ऐन र नियमावलीमार्फत निर्माण व्यवसायीले… पुरा पढौ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगहरू संकटमा: महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं, १ साउन । सरकारले देशमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको दाबी गरिरहे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र न्यून गुणस्तरको विद्युतका कारण उद्योगहरू गम्भीर संकटमा परेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रहरूमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत (भोल्टेज) उपलब्ध हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।… पुरा पढौ