काठमाडौं, १ साउन। नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०ः क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर इन्क्लुसिभ एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा आज आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको हो । न्यूयोर्कस्थितसंयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार उहाँले दिगो विकास केवल नीतिगत उद्देश्य मात्र नभई…
पुरा पढौ