मुख्य समाचार

नेप्से सामान्य घट्याे, दुई नयाँ हाइड्रोपावरमा सकारात्मक सर्किट

काठमाडौं, ८ असार। साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से) परिसूचक सामान्य अंकले नकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सामान्य अंकले सुधारिएको बजारमा यस दिन भने संकुचन देखिएको हो। सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झरेको छ। त्यस्तै, ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ। कारोबार रकममा पनि गिरावट नेप्से परिसूचकसँगै यस दिन कारोबार… पुरा पढौ

नेपाल अझै एफएटिएफको खैरो सूचीमा, सुधार आवश्यक

काठमाडौं, ८ असार । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ । एफएटिएफले यही असार ५ गते अर्थात् (१९ जुन) मा सोसम्बन्धी निर्णय भएको उल्लेख गरेको छ । एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई… पुरा पढौ

एघार महिनामा व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो

काठमाडौं, ८ असार। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै तर्फ वृद्धि देखिए पनि व्यापार घाटाको आकार झन् फराकिलो बन्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु… पुरा पढौ

राष्ट्र बैंक आक्रामक: ११ वाणिज्य बैंकमा विशेष निरीक्षण

काठमाडौं, ८ असार। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यका साथ निरीक्षण प्रणालीलाई तीव्र पारेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकका ११ वटा वाणिज्य बैंकहरूमा विशेष निरीक्षण (Special Inspection) सम्पन्न गरेको छ। बैंकहरूको वास्तविक वित्तीय अवस्था, जोखिम व्यवस्थापनको अवस्था, कर्जा प्रवाहको गुणस्तर, संस्थागत सुशासन तथा नियामकीय व्यवस्थाहरूको पालना भए–नभएको सुक्ष्म मूल्याङ्कन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो। कुन बैंकमा कति पटक निरीक्षण ? केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले बैंकहरूको जोखिमको प्रकृति र… पुरा पढौ

बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत

तम्घास, ८ असार। गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो । परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम… पुरा पढौ

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ८ असार । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर बाँडफाँट गरिसकेपछि याे दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे । आईपीओ सम्बन्धी मुख्य विवरण: सर्वसाधारणका लागि सेयर संख्या: १४ लाख २७ हजार ६०० कित्ता कुल रकम: १४ करोड २७ लाख ६० हजार रुपैयाँ अंकित मूल्य: प्रतिसेयर १०० रुपैयाँ न्यूनतम… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ८ असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ… पुरा पढौ

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर, ८ असार। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् । मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो । यसै… पुरा पढौ

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती, ८ असार। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा… पुरा पढौ

रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ- लामिछाने

भरतपुर (चितवन), ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गर्नुभयो । पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको… पुरा पढौ