मुख्य समाचार

सोमबार सेयर बजार राताम्मै, शिवम सिमेन्टको कारोबार अब्बल

काठमाडौं, २२ जेठ ।आइतबार हरियाली छाएको सेयर बजारमा भोलिपल्ट आज सोमबार राताम्मै भएको छ । सेयर बजार मुलुकमा हुने राजनीतिक घटनाक्रम, अस्थिर सरकार, वित्तीय नीतिहरु, नियमन निकायको तदारुकता लगायतका विभिन्न कुराहरुले प्रभावित बन्ने गर्दछ । आईतबार अर्थमन्त्री घर घेराउमा गएका लगानीकर्ताहरुलाई प्रहरीले बीच बाटोमेृ रोकेको थियो भने त्यसको केहि बेरपछि उनीहरुले ब्रोकर कार्यालयको सेयर मूचीकरण प्रणालीमा अवरोध खडा गरेका थिए । त्यसको लगत्तै सरकार र लगानीकर्ताबीच पूँजीगत लाभ कर साविककै हुने सहमति भएपछि सेयर बजार उकालो लागेको थियो । बिगतमा… पुरा पढौ

विश्व वातावरण दिवसमा सरसफाइका कुरा (विचार)

काठमाडौं, जेठ। आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा तय गरेर यसको ‘थिम’ भित्र रहेर देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्वभर यो दिवस मनाउने गरिएको हो । सरसरती हेर्दा त वातावरणसँग जोडिने वन, जङ्गल, वनस्पतिसहित… पुरा पढौ

विद्युतीय सवारीमा लगानी गर्न प्रभु बैंकले बिदेशबाट ल्यायो ५० लाख डलर ऋण

काठमाडौं, २२ जेठ । प्रभु बैंक लिमिटेडले एमएसएमई इन्टरप्राइजेज लक्जेम्बर्गबाट ५० लाख डलर ऋण लिएको छ । बैंकले उक्त ५० लाख डलर ऋण विद्युतीय सवारीसाधनमा लगानी गर्ने बताएकाे छ । विश्व वातावरण दिवसकाे दिन पारेर हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष अवधिकाे ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ । बैकले साे रकम सार्वजनिक यातायात र व्यक्तिका लागि प्रयोग हुने विद्युतीय सवारी साधन खरीद तथा आयातमा खर्च गर्नेछ । यसका अलवा बैंकले वैकल्पिक… पुरा पढौ

ट्राभल कम्पनीमा ह्याकरकाे हमला, करोडौ नोक्सान

काठमाडाैं, २२ जेठ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्याएका छन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पुर्याएका हुन् । नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभल लगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६०… पुरा पढौ

गण्डकीमा ५ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

पाेखरा २२ जेठ । गण्डकी प्रदेश सरकारले ५ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन… पुरा पढौ

हिमाल दोलखा हाइड्रोपावरकाे हकप्रद सेयरमा आवेदन खुल्ला

काठमाडौं, २२ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयरकाे बिक्री खुल्ला गरिएकाे हाे । यसअनुसार १ कित्ता बराबर नयाँ ०.७५ कित्ता रेसियाेमा सेयर जारि गरिएकाे हाे । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो। यसका लागि सेयरधनीहरुले बैशाख २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ… पुरा पढौ

बजेट विनियोजन भएर पनि कार्यान्वयन भएन योजना

म्याग्दी, २२ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो । लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ जेठ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । जेठ २२ गते ( सोमबार ) दिउँसो: सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही… पुरा पढौ

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सन्देशमा भने, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।” यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण… पुरा पढौ

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली, २२ जेठ । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो । “डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच घर… पुरा पढौ