मुख्य समाचार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्य प्राथमिकता

पाेखरा, २२ जेठ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशभित्रका अस्पतालहरूको स्तरोन्नतिदेखि गुणस्तरीय शिक्षासम्मका विषयलाई सरकारले जोड दिएको उल्लेख गरे। गण्डकी प्रदेशभित्रै विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने नीति लिइएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले प्रदेशमा बालबालिकाको उपचारका निम्ति सुविधा सम्पन्न बाल अस्पताल सञ्चालनका लागि साझेदारी गरिने बताए। प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिका लागि गरिएको… पुरा पढौ

विराटनगरको तापक्रम ४२ डिग्री पुग्याे, जनजीवन कष्टकर बन्दै

विराटनगर, २१ जेठ । केही दिनदेखि गर्मी अत्यधिक बढेपछि मोरङको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बनेकाे छ। वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् । केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । विद्यार्थी र उधाेगमा काम गर्ने मजदुरहरू चर्को घामको… पुरा पढौ

लगानीकर्ता र अर्थकाे सहमतीपछि सेयर बजारमा छायो हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, २१ जेठ । साताको सेयर कारोबार हुने पहिलाे दिन नेपाली सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल उच्च भएको छ । पूँजीगत लाभ करको बारेमा असन्तुष्ट भई आन्दोलित लगानीकर्ताहरुले आज अर्थमन्त्रीको घर घेराउको प्रयास गरे । ब्रोकर कार्यालयको सेयर सूचीकरण प्रणालीमा अवरोध गरेपछि अर्थमन्त्रालय र उनीहरुबीच साविककै ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने गरी नियम लागू हुने सहमतिपछि सेयर बजार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.०३ अंकले… पुरा पढौ

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडाैं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १७ गते प्रमाणीकरण भएको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आज दोस्रोपटक डाकिएको बैठक भोलिका लागि सरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो मात्र सुरु भएको थियो । बैठक सुरु हुनेवित्तिकै नागरिकता विधेयक प्रमाणीकरण भएको विषय उठाएर प्रमुख… पुरा पढौ

राष्ट्रिय योजना आयोगले पायाे पूर्णता, सदस्यमा अनिता शाह नियूक्त

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगकाे सदस्यमा सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ अनिता शाह ढुंगाना नियूक्त भएकी छिन् ।आयोगकी नवनियुक्त सदस्य ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । आज आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त… पुरा पढौ

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकर साविककै हुने सहमती

काठमाडौं, २१ जेठ । नेपाल सरकार र नेपाली सेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । दुबै पक्षले गरेकाे सहमित अनुसार पूँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति गरिएकाे छ । सेयर लगानीकर्ताहरु आन्दोलित भईरहेको बेलामा सरकारले पूँजीगत लाभकरका बारेमा लिखित रुपमा स्पष्ट पारेको छ । आज दुबै पक्षबीचको छलफलपछि अर्थ मन्त्रालयले स्पष्ट पारिएको पत्र पनि लेखेको छ । आर्थिक विधेयक, २०८० को दफा २९ को सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभ… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरे। इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई छ दिनको समय दिइएको सूचना अधिकारी दाहालले… पुरा पढौ

सुनमा एकैदिन रु १७ सयले गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं, २१ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छपावाल सुनमा एकैदिन १७ सयले घटेको छ । चाँदीमा रुपैयाँ २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ १७ सयले घटेर तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ… पुरा पढौ

सञ्चालकको घरजग्गा प्रभु बैंकले लिलाम गर्न खोजेपछि देउराली सहकारीका बचतकर्ता चिन्तित

काठमाण्डौ, २१ जेठ । घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेको देउराली बहुउदेश्यिय सहकारीले बचतकर्ताहरुको निक्षेप फिर्ता समयमै गर्न सकेन । ६ अर्ब निक्षेप संकलन गरेको सहकारीले विगत एक बर्षयता बचतकर्ताको ५० करोड मात्रै फिर्ता गर्न बाँकी रहेको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाँइले बताएका छन् । आफुले क्रमश जग्गाहरु बेच्दै, घर बेच्दै बचतकर्ताहरुको बचत रकम फिर्ता गर्दै आएको र फिर्ता गर्न बाँकी रहेकाहरुको पनि क्रमश तिर्दै गइरहेको अवस्थामा बैंकले आफ्नाे जग्गा जमिन लिलाम गर्ने प्रक्रिया अघि बढाएर पेलेको बताए । कुनैवेला ऋण… पुरा पढौ

समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ जेठ गते । समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुकक्लोज गर्ने जनाएकाे छ । समिट लघुवित्तकाे साधारण सभामा चाग लिन र लाभांश पाउनका लागि आज आइतबारसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरु नै साधारण सभा लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् । संस्थाको चौधौँ साधारण सभा असार ३ गते अरनिको पार्टी प्यालेस, बनेपामा डाकिएकाे छ… पुरा पढौ