मुख्य समाचार

प्रधानमन्त्रीद्वारा डा खड्काप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले परिवारजनमा समवेदना प्रकट गरे। यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गरे । यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो । पुरा पढौ

सुन तोलाको १ लाख १२ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ९ सयले बढेर तोलाको १… पुरा पढौ

बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, यूरो तथा अन्य देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९८ पैसा बिक्रिदर १३२ रुपैयाँ ५८ पैसा रहेको… पुरा पढौ

गलेश्वरको आम्दानी एघार महिनामा रु एक करोड नाघ्यो

म्याग्दी, २३ जेठम्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन । “गत वर्षको असारसम्म कोषको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१… पुरा पढौ

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए

काठमाडौं, २३ जेठ । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो ५ महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल ४ लाख ७० हजार ५ सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म ३ लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार ४ सय ८६ ले बढी छ । सन् २०२३ को जनवरीदेखि… पुरा पढौ

आर्थिक संकटको असर कम गर्ने बजेट आएन: महासंघ

काठमाडौं, २३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक सङ्कट टार्न सक्ने ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । महासङ्घले प्रेस विज्ञप्तिमार्फत बजेटबारे यस्तो प्रतिक्रिया दिएको हो । “निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकको रुपमा आत्मसात गर्दै महासङ्घद्वारा प्रस्तुत सुझावसमेत समावेश भएको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न सकेको छैन ।”, महासङ्घले विज्ञप्तिमा भनेको छ । पूँजीगत खर्च नबढाउने र बजारको… पुरा पढौ

आर्थिक विधेयक तयारीमा बाहिरी व्यक्तिको संलग्नता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं, २३ जेठ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्ट पारेको हो । रामकृष्ण श्रेष्ठको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “चालु आर्थिक वर्षमा पनि निजलाई सूचना प्रविधि सहायक कर्मचारीका रूपमा करारमा नियुक्त… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडौं, २३ जेठ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको जनाएकाे छ । जेठ २३ गते (मंगलबार) दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा… पुरा पढौ

कुमुदिनी होम्समा पुनः चाईनिज भाषाको कक्षा संचालन

पोखरा, २२ जेठ । विद्यालयलाई विद्यालयको रुपमा मात्रै नभई विद्यार्थीको व्यावहारिक सिकाईको घरको रुपमा हामीले लिएका छौं । उनीहरुलाई सामाजिक, सांस्कृतिक सम्पदायुक्त वातावरणमा अगाडी बढाउने सधैं उच्च लक्ष्य लिएकोले हामीले गर्ने र सोच्ने भनेको पनि सधैं उच्च लक्ष्यकै लागि हो । सोमबार विद्यालयको एसेम्बलिपछि आफ्ना विद्यार्थीको अगाडी उभिएर यस क्षेत्रकै अग्रणी विद्यालय पोखरा गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, आजबाट हाम्रो विद्यालयमा पुनः चाईनिज भाषाको कक्षा शुरु भएको छ । उनले यसो भनिरहँदा विद्यार्थी, शिक्षक तथा त्यहाँ… पुरा पढौ

वृहत्तर लुम्बिनीको प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले गर्याे स्थानिय तहसँग छलफल

रुपन्देही, २२ जेठ । अगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी विकास कोषले वृहत लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ । वृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वर्धा र प्रवर्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो । बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व… पुरा पढौ