मुख्य समाचार

सार्वजनिक जग्गा संरक्षणमा पोखरा महानगर सक्रिय

गण्डकी, ३० असार। पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे । महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिँहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो । कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३० असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम… पुरा पढौ

बागमतीमा ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं, ३० असार। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा वर्षा

काठमाडौं, ३० असार। हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली… पुरा पढौ

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौं, २९ असार। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई ती पदमा नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथसमेत लिइसक्नुभएको छ। 'गलत सूचना र दुष्प्रचार प्रमुख चुनौती': सञ्चारमन्त्री नियुक्तिपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षहरूलाई बधाई दिँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो।… पुरा पढौ

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २९ असार। चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिना (जेठ मसान्त) सम्ममा मुलुकको विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भई रु. २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र बढेको थियो। अमेरिकी डलरमा पनि उत्साहजनक वृद्धि अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, साढे ७ अर्बकाे काराेबार

काठमाडौं, २९ असार। सेयर बजारमा गिरावट आउने क्रमले साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन पनि घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा झरेको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेका छन्। नेप्से घटे पनि कारोबार रकममा सुधार परिसूचकमा गिरावट आए पनि बजारमा कारोबार रकम भने… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न सुझाव

काठमाडौं, असार २९ । राष्ट्रिय योजना आयोगले हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्ख्या कटौती गरी बढीमा १० वटामा मात्र सीमित गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा आयोगका सदस्यसचिव रविलाल पन्थले गौरवका आयोजनामा नीतिगत, कानुनी र व्यावहारिक जटिलता रहेकाले यसको तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । हाल मुलुकमा २७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखिएको छ । आयोगले तीमध्ये बढीमा १० वटालाई मात्र गौरवको आयोजनामा कायम राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण… पुरा पढौ

सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौं, २९ असार। व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) द्वारा आज आयोजित अन्तक्रियामा सहभागी वक्ताहरुले यस पद्धतिको व्यवहारिक पक्षमा रहेका चुनौतीहरुको समाधान गरी स्थानीय समुदायलाई कुनै पनि प्रकारको उद्यममा सङ्लग्न गराई उत्पादित वस्तु वा सेवाको व्यापारबाट हुने आम्दानीबाट उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा विकासविद् डा कृष्णराज भण्डारीले संस्थाको दिगो आर्थिक स्रोत नहुँदा नेपालका करिव आधाजसो गैसस बन्द भइसकेको बताउँदै ती संस्थाहरुलाई पुर्नस्थापित गराउन सामाजिक उद्यमशीलता विकास… पुरा पढौ

राहदानी उत्पादन-व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली सुरु

काठमाडौं, २९ असार । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूआतका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ । विभागले यस्ता सम्भावित अवस्थाको… पुरा पढौ