मुख्य समाचार

सरकारी विज्ञापन प्रकाशन-प्रसारणमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा बदर

काठमाडौं, ३० असार । सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ सर्वोच्च अदालतले बदर गरिदिएकाे छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यम (गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि) मार्फत मात्रै वितरण गर्ने नीति अघि सारेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई मर्कामा पारेको र विभेद गरेको भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्चमा… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, ८ अर्ब ४१ करोडमाथिको कारोबार

काठमाडौं, ३० असार । पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको शेयर बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार भने सामान्य सुधार देखिएको छ। उतारचढावका बीच नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले सकारात्मक रहे। कारोबार रकममा सुधार: ऋणपत्रको वर्चस्व परिसूचकसँगै यस दिन कारोबार रकममा पनि… पुरा पढौ

शेयर बजारको गिरावटप्रति शेयरधनी संघको ध्यानाकर्षण, सुधार नगरे आन्दोलनको चेतावनी

काठमाडौं, ३० असार । नेपाल शेयरधनी संघले शेयर बजारमा आएको निरन्तर गिरावटप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार र नियामक निकायलाई तत्काल सुधारका कदम चाल्न माग गरेको छ। नयाँ सरकार गठन पश्चात पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको र यसले लगानीकर्ताहरूलाई ठूलो आर्थिक जोखिममा पारेको संघले उल्लेख गरेको छ। ६ खर्बभन्दा बढी पुँजी सखाप संघका अनुसार नयाँ सरकार गठन हुँदा करिब २९५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले घटेर २५७० को आसपासमा खुम्चिएको छ। यस छोटो अवधिमा नै आम लगानीकर्ताले… पुरा पढौ

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं, ३० असार। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने… पुरा पढौ

प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण (Live)

काठमाडौं, ३० असार। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उहाँले भन्नुभयो, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।” https://www.youtube.com/embed/0-Df18xzXA4 सांसद सिंहले पछिल्लो हप्ता आत्मदाहको प्रयास गरेर मृत्युवरण… पुरा पढौ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं, ३० असार । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिनुभएको हो । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राख्नुभयो । बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राख्नुभएको थियो । राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो… पुरा पढौ

नारायणी नदीमा पानीको सतह बढदै, सर्तकता अपनाउन प्रशासनकाे अनुरोध

नारायण शर्मा, नवलपरासी/३०, असार । लगातारको वर्षादका कारण नारायणी नदीमा पानीको सतह बढदै गएपछि नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । जल तथा मौशम बिज्ञान बिभागका अनुसार मंगलवार बिहान देबघाट जलमापन केन्द्रमा ३०२ मिलिलिटर वर्षाद भएको छ । देबघाटमा अहिले नारायणी नदीमा पानीको सतह ५ दशमलब ७९ मिटर माथि सम्म पुगेको छ जल तथा मौसम बिभागको रेकर्डले देखाएको छ । त्यसैगरि पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा २०७ मिलिलिटर वर्षाद भएको छ । बाढिका यी सबै… पुरा पढौ

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी हुँदै

काठमाडौँ, ३० असार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन… पुरा पढौ

सेयर लगानीकर्ता आज आन्दोलनमा, धितोपत्र बोर्ड र ब्रोकर कार्यालय घेराउ गर्दै

काठमाडौं, ३० असार। नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको सम्पत्तिमा आएको ह्रासप्रति आक्रोसित सेयर लगानीकर्ताहरू आज आन्दोलनमा उत्रने भएका छन्। बजार सुधारका लागि सरकार तथा सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै लगानीकर्ताहरूले सडक संघर्षको बाटो रोजेका हुन्। सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा हुने यस आन्दोलनअन्तर्गत आज नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय, नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालयका साथै देशभरका ब्रोकर कार्यालयहरूमा विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। अभियन्ता कोइरालाले सामाजिक सञ्जालमार्फत सम्पूर्ण सेयर… पुरा पढौ

११ महिनामा थपियो २२ अर्ब मार्जिन कर्जा, ठूला लगानीकर्ता हाबी

काठमाडौं, ३० असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पछिल्लो समय देखिएको सकारात्मक चहलपहल र कारोबार रकममा आएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको छ। बैंकहरूमा पर्याप्त तरलता (लगानीयोग्य रकम) हुनु र ब्याजदर इतिहासकै सस्तो विन्दुमा ओर्लिनुले लगानीकर्ताहरू शेयर धितो कर्जातर्फ आकर्षित भएका हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय प्रतिवेदनअनुसार जेठ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा १५.७६ प्रतिशतले बढेको छ। ११ महिनामा २२ अर्बभन्दा… पुरा पढौ