मुख्य समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २८ असार। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा… पुरा पढौ

केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २८ असार। देशभर मनसुन वायुको प्रभाव रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई… पुरा पढौ

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

काठमाडौं, २७ असार। नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय… पुरा पढौ

“हामीलाई पनि अलिकति जलायौ, गणेश !”-डा. ‘आहत’

काठमाडौं, २७ असार । डा. 'आहत' (राजेन्द्र चापागाई) द्वारा रचित "हामीलाई पनि अलिकति जलायौ, गणेश !" शिर्षककाे कविता प्रकाशमा आएको छ । उहाँकाे कविताकाे मुख्य आशय र कवितालाई यहाँ प्रस्तुत गरिएकाे छ । पहिलो अनुच्छेद: युवाको बाध्यता, सङ्घर्ष र राज्यको असंवेदनशीलता यो कविताले विकट जिल्ला मुगुबाट राजधानी झरेर विदेशिनुको साटो स्वदेशमै पसिना बगाउन खोज्ने एक प्रतिनिधि युवा ‘गणेश’ को दुःखद् सङ्घर्ष र नियतिलाई चित्रण गरेको छ। काठमाडौँका गल्लीहरूमा राइडर (चालक) बनेर आफ्नो र परिवारको सुन्दर भविष्य खोजिरहेका गणेश जब नगर… पुरा पढौ

साताको सेयर बजार-नेप्से ५२ अंकले घट्दा बजार पूँजीकरण ९० अर्बले ओरालो

काठमाडौं, २७ असार । यो साता धितोपत्र बजार (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। गत साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता १.९८ प्रतिशत (५२.६२ अंक) घटेर २६००.७८ विन्दुमा सीमित भएको छ। पाँच कारोबार दिन खुला भएको बजारमा ४ दिन गिरावट आयो भने मात्र १ दिन बजार बढेको थियो। नेप्सेसँगै यस साता सेन्सेटिभ इण्डेक्स ६.२१ अंक, फ्लोट इण्डेक्स ३.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३० अंकले घटेका छन्। परिसूचक घटेपनि कारोबार रकममा ३२% को वृद्धि बजार परिसूचक… पुरा पढौ

महिलाका लागि ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना

काठमाडौं, २७ असार। महिला नेतृत्व र स्वामित्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (MSMEs) हरूको वित्तीय पहुँच सरल बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेड (SBL) ले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सार्वजनिक गरेको छ। धितो अभावका कारण व्यवसाय विस्तार गर्न नपाएका महिला उद्यमीहरूलाई लक्षित गरी बैंकले यो विशेष योजना ल्याएको हो।यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकताअनुसार तीनवटा मोडलमा ऋण प्राप्त गर्न सक्नेछन्: बिना धितो कर्जा: उद्यमको प्रकृतिका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा उपलब्ध हुनेछ। आंशिक धितो… पुरा पढौ

इप्पानको चेतावनी: नीतिगत अन्योल नसच्चिए ६० खर्ब लगानीको लक्ष्य बालुवामा पानी

काठमाडौं, २७ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रको लगानी सुरक्षा र ऊर्जा विकासलाई गति दिन सरकारसमक्ष ४७ बुँदे माग अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको उक्त मागपत्रमा नीतिगत अन्योलता, वन तथा जग्गा स्वीकृतिको झन्झट, र वित्तीय अवरोधका कारण नेपालको ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गरिएको छ। इप्पानले बुझाएका ४७ बुँदे मागहरूलाई मुख्य बुँदाहरूमा संक्षेपीकरण गरी निम्नानुसार प्रस्तुत गरिएको छ: १. विद्युत खरिद सम्झौता (PPA) र महसुल पुनरावलोकन रोकिएको PPA खुलाउनुपर्ने: नेपाल विद्युत… पुरा पढौ

आजको मौसम-केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं, २७ असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका… पुरा पढौ

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

धरान (सुनसरी), २७ असार। सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ ।… पुरा पढौ

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी), २७ असार। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको… पुरा पढौ