मुख्य समाचार

राष्ट्रियस्तरका विकास बैंकको नाफामा आकर्षक वृद्धि: ११ महिनामा ६ अर्ब ८८ करोड आर्जन

काठमाडौं, २९ असार । नेपालमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकले कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार विकास बैंकहरुको समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म यी बैंकहरुले ५ अर्ब २२ करोड ७७ लाख… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २९ असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा… पुरा पढौ

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

ढोरपाटन (बागलुङ), २९ असार। तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो । चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् । मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन् । गाईभैँसी बाँध्ने गोठ आधुनिक खोरका रूपमा विकास भएका छन् । खोरमा रहर लाग्दा बाख्राका पाठापाठी र बोका… पुरा पढौ

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

फिक्कल (इलाम), २९ असार इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उहाँ ड्रागनको रेखदेख गर्न लागिपर्नुहुन्छ । सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उहाँले उक्त खेतीबाट वार्षिक रु १२ लाखबराबरको आम्दानी गर्नुभएको छ । दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल… पुरा पढौ

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, २९ असार। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो… पुरा पढौ

जनता एग्रो एण्ड फरेस्ट्रीको विशेष एजिएम सम्पन्न: पिपुल्स हाइड्रो र समिट इनर्जीले ५ करोड लगानी गर्ने

काठमाडौं, २८ असार । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त सभाले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्नुका साथै पुँजी पुनः निर्धारण गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। दुई संस्थागत लगानीकर्ता भित्रिए, ५ करोडको शेयर कायम कम्पनीको संस्थापक शेयरतर्फ जगेडा रहेको शेयरमा लगानी गर्न पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिले प्रस्ताव गरेका थिए। विशेष साधारणसभाले उक्त प्रस्तावलाई स्वीकृत गर्दै दुवै कम्पनीलाई प्रतिकित्ता रु.… पुरा पढौ

वाणिज्य बैंकहरूको नाफा १९.६२ प्रतिशतले बढ्यो, नबिल शीर्ष स्थानमा हुँदा कुमारीको छलाङ

काठमाडौं, २८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) को अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकहरूको समग्र नाफा १९.६२ प्रतिशतले बढेर ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा सञ्चालित २० वाणिज्य बैंकहरूमध्ये १५ वटाको नाफा बढेको छ भने ५ वटा बैंकको… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तकाे ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ, २८ असार । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको जानकारी दिएको हो। वित्तीय संस्थाका अनुसार संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको कुल ५६ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीका लागि अगाडि बढाइएको हो। को-को हुन सक्छन् आवेदक ? यो सेयर खरिदका लागि कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। अन्य सर्वसाधारण वा बाह्य व्यक्ति तथा… पुरा पढौ

‘वनफूलले चिटिक्क सिँगारिएको ढोरपाटन’

ढोरपाटन (बागलुङ), २८ असार। समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा… पुरा पढौ

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा विष्णुकुमारी राई

हेटौँडा (मकवानपुर), २८ असार। हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ । त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उहाँकै सहयोग खोज्छ । सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ । तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो । बिहान घरधन्दा सकेपछि उहाँ काठका मुडा, फल्याक र अन्य सामग्रीमा सुन्दर बुट्टा कुँद्न थाल्नुहुन्छ । बिहान… पुरा पढौ