मुख्य समाचार

अर्घाखाँची आगलागी अपडेट : घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँची, २७ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो । पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो । यस्तै घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका… पुरा पढौ

श्रममन्त्री र महासङ्घकाे छलफलमा आर्थिक मन्दी न्यूनीकरणमा सहकार्य गर्ने प्रतिवद्धता

काठमाडौं, २७ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घको पदाधिकारी तथा प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका अवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यावहारिक बनाउन आफू तयार रहेको र सीप विकासलगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।उनले महासङ्घले राखेका सुुझाव कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट आफू सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरे। महासङ्घका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको सङ्केत तथ्याङ्कहरूले… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २७ वैशाख । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएकाे छ । वैशाख २७ गते (बुधबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।… पुरा पढौ

‘उज्यालो अभियान कार्यक्रम’ अन्तर्गत ३ हजार २ सय परिवारलाई बिजुली

काभ्रे, २६ बैशाख। काभ्रे जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाका ३ हजार २ सय परिवारलाई आजदेखि विद्युत उपलब्ध गराइएको छ । सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताए । “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री… पुरा पढौ

विदेशबाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने

काठमाडाैं, २६ बैशाख । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले अब २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको सचिवालयले जनाएको छ । २०७७ जेठ १५ गते प्रकाशित… पुरा पढौ

आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सांसदहरूकाे सुझाव

काठमाडाैं, २६ बैशाख । प्रतिनिधिसभाका सांसदहरुले वर्तमानमा देखिएको आर्थिक समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनुपर्नेमा जोड दिएका छन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा आज उनिहरुले स्वदेशी उद्योगलाई महत्व दिएर बजेट बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसद डा चन्द्रकान्त राउतले मजदुरलाई केन्द्रमा राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्नेमा जोड दिए । सामान्य मानिसलाई हेरेर उसको न्यूनतम् आवश्यकता पूरा गर्न… पुरा पढौ

नेप्सेमा १०.६६ अंकको बृद्धि, हिमाल दोलखा हाइड्रोपावरकाे काराेबार अब्बल

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा आएको सकारात्मक माहौलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ । यसदिन १३ उप समूहहरुमानै हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । यसदिन कुल २६९ कम्पनीको सेयर कारोबार भएको छ ।… पुरा पढौ

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइनेछ: अर्थमन्त्री महत

काठमाडौं, २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन्। राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन्। उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता समेत व्यक्त गरे। सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले… पुरा पढौ

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौं, २६ वैशाख । राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताए। बैठकमा सांसद जगप्रसाद शर्माले अहिले आर्थिक क्षेत्रमा चुनौती रहेकाले अहिलेको आर्थिक अवस्थामा सुधार गर्न ठूलो शल्यक्रिया आवश्यक रहेको बताए। आर्थिक सुधारका लागि जनशक्ति, जमिन,… पुरा पढौ

३ महिनाको बेसरेटका आधारमा कर्जाको ब्याजदर निर्धारण गर्न केन्द्रीय बैंककाे निर्देशन

काठमाडाैं, २६ बैशाख । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो ३ महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो । “कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो ३ महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो ३ महिनाको औसत… पुरा पढौ