मुख्य समाचार

कोशी, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं, २४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । वैशाख २४ गते (आइतबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  रातीː कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही देशका… पुरा पढौ

सङ्कटबीच अर्थतन्त्रमा आशाको किरण देखियाे : अध्यक्ष ढकाल

गण्डकी, २४ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए। “विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ”, उनले भने, “अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन् ।” अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे।… पुरा पढौ

प्रेसमैत्री कानुन बनाउन छलफललाई प्राथमिकता दिनेछु : सभामुख

काठमाडौं, २४ वैशाख । सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवस २०८० को अवसरमा आम श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्तितसमेत व्यक्त गरे। उनले भने, “समाचारमूलक पहिलो पत्रिका गोरखापत्र प्रकाशनको अवसर पारेर सुरु गरिएको राष्ट्रिय पत्रकारिता दिवस आम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीका लागि आफ्नै राष्ट्रिय पर्वका रुपमा विकास… पुरा पढौ

आठौँ पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २४ वैशाख । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन… पुरा पढौ

यस्तो आउदैछ आर्थिक वर्ष २०८०-८१ को बजेट

काठमाडौं, २४ वैशाख । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रोपटक सदस्यमा निर्वाचित भइसकेका छन् । भर्खर निर्वाचित भएर संसद् छिरेका जनप्रतिनिधिले चुनाव अघि मतदातासँग गरेको वाचा पूरा गर्नुछ । जसका कारण सत्तासिन राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि जोडबल… पुरा पढौ

जस्ताेसुकै दबाब, धम्की र घेराबन्दी भए पनि सामना गरिनेछ: प्रधानमन्त्री

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दी भए पनि सामना गरिने बताएका छन्। नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा कुनै कञ्जुस्याइँ नगरिने बताए । उनले भने, “लामो समयदेखि गलत नीति, संस्कार, बेथिती, कार्यशैली र मुख्यतःभ्रष्टाचारका कारणले नै नेपालको स्थिति अहिले आर्थिक सङ्कटको स्थिति बनेको हो ।” उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाईं भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक… पुरा पढौ

‘लग्जम्बर्गजस्तै बेथानचोक’ : सामाजिक विकास मन्त्री फयोट

काभ्रेपलाञ्चोक, २३ वैशाख । लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट बेथानचोक गाउँपालिका पुगे। जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उनलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो । गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोधे, “नमस्कार, बेथानचोक आराम हुनुहुन्छ ?” उपस्थित सबैले आराम छौँ, अनि तपाईँ ? भन्नेबित्तिकै फयोटले भने, “मेरो नाम फ्रन्ज फयोट हो, मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो ।” कार्यक्रममा बोल्ने… पुरा पढौ

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार खरेललाई

पोखरा, २३ वैशाख । पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई अर्पण गरिएको छ । पोखरामा आज आयोजित पहिलो संस्करणको पुरस्कार अर्पण समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुईलाख राशिको सो पुरस्कार, ताम्रपत्र र दोसल्लाले खरेललाई सम्मान गरे । समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङले संगीत सम्राट अम्बर गुरुङको नाममा स्थापित पुरस्कार उनकै समकालिन साथी वरिष्ठ गीतकार खरेललाई अर्पण गर्न पाउँदा गौरव लागेको बताए । म साहित्यको साधक होईन । फाट्टफुट्ट… पुरा पढौ

मह उत्पादनबाटै वार्षिक ३५ लाख आम्दानी

पर्वत, २३ वैशाख । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाए । दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताए। उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको… पुरा पढौ

९ महिनामै साढे ४ अर्बको तरकारी र फलफूल आयात

झापा, २३ वैशाख । नेपाल कृषिमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने क्रम जारी छ । चालु आर्थिक वर्ष २०७९-०८० को ९ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ४ अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ… पुरा पढौ