मुख्य समाचार

शनिबार अमेरिकी डलरको भाउ स्थिर, अन्यको घट्यो

काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । क्यानेडियन डलरकाे भाउ बढ्दा अन्यको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ… पुरा पढौ

उद्योग र उद्योगीबिना नेपाल बन्दैन : मन्त्री रिजाल

चितवन, २३ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्। चितवन उद्योग सङ्घले आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए । उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उनले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए । लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए। उनले भने, “लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ ।”… पुरा पढौ

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी बर्तमान प्रचण्ड नेतृत्वकाे सरकारमा नजाने भएको छ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको रास्वपाले जनाएकाे छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछिको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार प्रतिपक्षमा बस्न लागेको बताए। उपनिर्वाचनमा हाम्रा मतदाताले सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बस्नुस भन्नु भएकाे छ । त्यही मतको सम्मान गर्दै हामीले… पुरा पढौ

आगामी आवको बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसँग अर्थमन्त्री महतले गरे छलफल

काठमाडौं,२२ बैशाख । सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसंग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझाव दिएका छन्। छलफलमा पूर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसका लागि सबैबाट… पुरा पढौ

२ अर्ब ८२ करोडको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैकले भाेलि आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले २ अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । ५ वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक ६ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ… पुरा पढौ

अब मिटरब्याजीलाई ७ वर्ष कैद र ७० लाख जरिवाना हुने

काठमाडौं, २२ वैशाख । मिटरब्याजीहरुकाे हैरानीबाट पिडितहरुकाे पटक पटककाे प्रदर्शन र काठमाडौं केन्द्रित आन्दाेलनपछि सरकार यसतर्फ गम्भिर भएकाे छ । यस सन्दर्भमा सरकारले ऐनलाई संशोधन गरेर मिटरब्याज उठाउने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गरेर मिटरब्याजीलाई ७ वर्षसम्म कैद र रुपयाँ ७० हजारसम्म जरिवानाकाे व्यवस्था गरिएको छ।  सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप नयाँ प्राबधान राख्दै सजाय बढाएको छ। संशोधित… पुरा पढौ

काम नगर्ने कम्पनीलाई कारबाही गर्न मन्त्री ज्वालाकाे निर्देशन

काठमाडौं, २२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्। मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिए । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिए। बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ… पुरा पढौ

हेलिकप्टर दुर्घटना अपडेट : १ को मृत्यु, ४ जना गम्भीर घाइते

खाँदबारी, २२ वैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत्… पुरा पढौ

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन आजदेखि

युराेप, २२ बैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु भएकाे छ । यही मे ५, ६ र ७ तारिखसम्म हुने उक्त सम्मेलनको उद्घाटन संविधानसभाका सदस्य सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ ।… पुरा पढौ

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त, पाइलटसहित २ जना स्थानीय सख्त घाइते

काठमाडौं, २२ वैशाख । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ। माथिल्लो अरुण हाइड्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर उक्त स्थानमा दुर्घटनामा परेको हो । संखुवासभाकाे भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको बताइएकाे छ। दुर्घटनामा हेलिकप्टरका पाइलटसहित हेलिकप्टरमा सवार २ जना स्थानीय घाइते भएका छन्। उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको स्थानियले जानकारी दिएका छन। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्। हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक… पुरा पढौ