मुख्य समाचार

लुम्बिनीको समग्र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल

कपिलवस्तु, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन । लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको उनले बताए । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै दाहालले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएकोे जानकारी दिए । दाहालले… पुरा पढौ

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ : अध्यक्ष ओली

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन्। आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताए। उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए। उनले सन्देशमा भने, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो ।… पुरा पढौ

आशा लघुवित्तकाे नाफा र इपिएस दुबै घट्याे

काठमाडौं, २२ वैशाख । आशा लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । नाफाका साथ लघुवित्तकाे इपिएस पनि घटेकाे छ । संस्थाकाे प्रकाशित यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी इपिएस अघिल्लाे वर्षकाेभन्दा घटेको हाे। चैतकाे अन्तिमसम्म लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षकाे सोही अवधिकोभन्दा ७३.२४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही समयमा लघुवित्तकाे नाफा १२ करोड ३४ लाख रुपैयाँ नाफा थियाे । संस्थाकाे खुद ब्याज आम्दानी… पुरा पढौ

२५६७ औँ बुद्धजयन्ती लुम्बिनीमा धुमधामका साथ मनाइँदै

काठमाडौं, २२ वैशाख । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले… पुरा पढौ

घट्यो अमेरिकी डलरको भाउ, अन्यको कस्तो ?

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरकाे भाउ थाेरै घटेकाे छ । अन्यकाे भाउ भने बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५९ पैसा बिक्रिदर १३१… पुरा पढौ

अर्थतन्त्र ऋृणात्मक, सरकारलाई संवेदनशिल बन्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं, २२ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको जनाएकाे छ । महासंघका अनुसार यस बर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससंगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋृणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको बताएकाे छ ।उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋृणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुंदै गएको संकेत हो । नेपाल उद्योग वाणिज्य महासंघले एक बर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र… पुरा पढौ

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डन, २२ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन् । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका… पुरा पढौ

मुख्यमन्त्री कार्कीले दिए उभौली पर्वको शुभकामना

विराटनगर, २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज बिहान एक विज्ञप्ति जारी गर्दै भने, उँभौली पर्व प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि… पुरा पढौ

पहाडी भेगमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ वैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। पहाडी भू-भागमा बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  वैशाख २२ गते (शुक्रबार) दिउँसोː पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका… पुरा पढौ

पर्वले राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, २२ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गरेकी छन् । सन्देशमा भनिएको छ, “उभौली पर्वले हामी बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत… पुरा पढौ