मुख्य समाचार

आज कार्यसुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

काठमाडौं, १५ वैशाख । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरणसमेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै… पुरा पढौ

मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे

पाेखरा, १५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताए.। प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए। मुख्यमन्त्री पाण्डेले भने, “अहिले जमिन बाँझा छन्, घर रित्ता छन्, धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवालाई सरकारको तर्फबाट सहयोग पुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर बन्ने गरी कृषिमा आधारित… पुरा पढौ

डाबर नेपालले परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनमा ९ अर्ब ६८ करोड लगानी गर्ने

काठमाडौं, १४ वैशाख । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिए। उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५… पुरा पढौ

ब्याजदरकाे समस्या छिटै समाधान हुन्छ : अर्थमन्त्री महत

विराटनगर, १४ वैशाख। अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा बाेल्दै मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताएका हुन । “अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उनले भने, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” उनले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्य पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका २७, माओवादीका ७ तथा स्वतन्त्र राजीव गुरुङको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त गर्न ताेकिएकाे समयभित्रै पाण्डेले दाबी पेश गरेका थिए । मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व आलोपालो हुने बताउदै छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ७३ करोडमा खुम्चियो

काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार पनि नेपाली सेयरबजार नकारात्मक लयमा गएको छ। अझैंपनि सेयरबजार सकारात्मक लयमा जान नसक्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । दुई बाहेक बाँकी ११ वटै उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको हाे । कारोबार रकममा समेत गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४६ अंकले घटेर… पुरा पढौ

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली

काठमाडौं, १४ बैशाख। काठमाडाैंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेकाे कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बैंकर दिनेश थकाली नियुक्त भएका छन् । बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले थकालीलाइ ४ वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ । उनी यसअघि प्रभु बैंक लिमिटेडको नायव महाप्रबन्धककाे जिम्मेवारीमा रहेका थिए । प्रभु क्यापिटलमा समेत कार्यकारी निर्देशक भएर २ वर्ष काम गरेका थकालीले सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर पनि काम गरिसकेका छन । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका थकालीले त्रिभुवन… पुरा पढौ

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौं, १४ वैशाख । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उनले भने। इम्बोस्ड नम्बर… पुरा पढौ

२७औं राष्ट्रिय चिया दिवस : वार्षिक साढे ३ अर्बको चिया निर्यात

काठमाडौं, १४ वैशाख । ‘राष्ट्रिय चिया दिवस’ को २७औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । यस वर्ष दिवसको नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ रहेको छ । दिवसका सन्दर्भमा अघिल्लो दिन आज काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेताबिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा… पुरा पढौ

प्रेस चौतारी कास्कीद्वारा ५ पत्रकार पुरस्कृत, २ जनालाई सम्मान

पाेखरा, १४ वैशाख । प्रेस चौतारी कास्कीले पोखराका ५ जना पत्रकारलाई पुरस्कृत तथा २ जनालाई सम्मान गरेको छ । बिहीबार आयोजित समारोहमा पत्रकारहरू श्याम कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । २०७५ देखि २०७९ सम्म क्रमशः सम्मानित हुने उनीहरुलाई जनही ११ हजार १११ रुपैयाँ र सम्मानपत्र प्रदान गरियो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गरिएको प्रेस चौतारी कास्की सचिव रञ्जन अधिकारीले बताए । कार्यक्रमका… पुरा पढौ