मुख्य समाचार

ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं, ७ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्रकुमार कुरुम्वाङ रहेको विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ । कार्यालयले मुख्य व्यक्ति गोकर्णप्रसाद पण्डित रहेको नागार्जुन शङ्करमाली जेभी, मुख्य व्यक्ति दीपक सापकोटा रहेको शङ्करमाली निर्माण… पुरा पढौ

रुपैयाँ ५ सयले सस्तियो सुन, चाँदीको भाउ स्थिर

काठमाडौं, ७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । छापावाल सुन रुपैयाँ ५ सयले घटेको हाे। चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले घटेर तोलाको १… पुरा पढौ

खेल सञ्चालनमा अप्ठ्यारो भएपछि मेलम्चीमा बन्दैछ मैदान

सिन्धुपाल्चोक, ७ वैशाख । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको… पुरा पढौ

मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो

काठमाडौं, ७ वैशाख । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई… पुरा पढौ

पहुँचयुक्त, शैक्षिक श्रोतहरुको विस्तार परियोजनाको प्रदेश स्तरिय समीक्षा पोखरामा सम्पन्न

पोखरा, ७ वैशाख । स्वाबलम्बन जीवनपद्धति केन्द्र, पोखराले नेपालमा पहुँचयुक्त, शैक्षिक श्रोतहरुको विस्तार परियोजनाको प्रदेश स्तरिय समीक्षा तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्वाबलम्बन जीवनपद्धति केन्द्र, कास्कीका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षता र महासचिव अञ्जना के.सी.को सन्चालन सहजिकरणमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले अपांगता भएका वालवालिको शिक्षाको लागि हातेमालो गर्न तयार रहेको बताए । मन्त्री गुरुङले भने, शिक्षाबाट कोहि पनि बन्चित हुनु हुँदैन, अँझ विशेष अपांगता भएका, पछाडी परेका… पुरा पढौ

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको… पुरा पढौ

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ

काठमाडाै ७ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए। तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ ।… पुरा पढौ

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौं ७ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।… पुरा पढौ

अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुसँग अर्थमन्त्रीकाे छलफल

काठमाडौं, ६ बैशाख। अर्थमन्त्री डा. प्रकाशशरण महतसँग स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरुबीच नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएकाे छ। नेपालको विकासमा आवश्यक नीजि पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा  डिएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु… पुरा पढौ

१९२०.१२ विन्दुमा उक्लियो नेप्से, कारोबारमा स्वावलम्बन लघुवित्त अब्बल

काठमाडौं, ६ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली दृश्य देखिएको छ । एउटा उपसमूह बाहेक अन्य १२ वटामा हरियो लागेको छ । सूचकहरुमा सुधार देखिए पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति हुन सकेन । नेपाल स्टक इक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्दुमा पुगेको छ । आज कुल २७३ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको… पुरा पढौ