मुख्य समाचार

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

म्याग्दी, २६ असार। धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ । जलविद्युत् आयोजनाले जथाभावी माटो र ‘मकिङ’ (सुरुङबाट निस्किएको गेगर) थुपारेका कारण म्याग्दी नदीले धार परिवर्तन गरेर बायाँतर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको… पुरा पढौ

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

भद्रपुर (झापा), २६ असार। वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किनुभएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गर्नुभएको हो । सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र… पुरा पढौ

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

ललितपुर, २६ असार। आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी, न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न २५ बुँदे सुझाव सार्वजनिक गरेको छ । आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि तयार पारेका २५ बुँदे सुझाव सार्वजनिक गर्दै सङ्घीयता, समानुपातिक समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता तथा सांस्कृतिक विविधतालाई समावेश गर्दै आदिवासी जनजातिका संवैधानिक अधिकारलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बिहीबार पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त संविधान संशोधनसम्बन्धी सुझाव… पुरा पढौ

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौं, २६ असार। कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने । फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको… पुरा पढौ

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक, २६ असार। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । “वर्षायामलाई… पुरा पढौ

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत: ‘परम्परागत ढाँचा परिमार्जन गर्दै निजी क्षेत्रलाई सकारात्मक सन्देश’

काठमाडौं, २५ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गरेको छ। परिसंघले यो नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व र समग्र आर्थिक सन्तुलन कायम गर्न सन्तुलित दृष्टिकोण राखेको जनाएको छ। सिबिफिनका अनुसार, यसपटकको मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ। सकारात्मक र दूरदर्शी कदमहरू सिबिफिनले मौद्रिक नीतिमा समेटिएका निम्न बुँदाहरूलाई व्यावसायिक वातावरण सुदृढ बनाउने दूरदर्शी कदमका… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक फड्को: निक्षेप ६ खर्ब २६ अर्ब पुग्दा, बजार हिस्सामा उल्लेख्य वृद्धि

काठमाडौं, २५ असार मुलुककै सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चुनौतीपूर्ण आर्थिक परिवेशका बीच पनि आफ्ना वित्तीय सूचकहरूमा उत्कृष्ट सुधार गरेको छ। बैंकले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा र ग्राहक सेवामा उल्लेखनीय उपलब्धि हासिल गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) देवेन्द्ररमण खनालका अनुसार वित्तीय अनुशासन र जिम्मेवार बैंकिङ अभ्यासका कारण बैंकको आधार थप सुदृढ बनेको छ। निक्षेप र कर्जा प्रवाहमा आकर्षक वृद्धि बैंकको निक्षेप र कर्जा विस्तारको अवस्था निकै सकारात्मक देखिएको छ:… पुरा पढौ

आर्थिक वर्षको अन्त्यमा ऋणपत्रतर्फ झुम्मिए लगानीकर्ता: नेप्से १९.६७ अंकले घट्दा साढे ४ अर्बकाे कारोबार

काठमाडौं, २५ असार । आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाली धितोपत्र बजार (नेप्से) मा ऋणपत्र (डिबेञ्चर) को कारोबारमा उल्लेख्य वृद्धि भएको छ। पछिल्ला केही कारोबार दिनदेखि सर्वाधिक खरिदबिक्री हुने स्टकहरूको सूचीमा ऋणपत्रहरू शीर्ष स्थानमा रहँदै आएका छन् र यो क्रम आज पनि जारी रह्यो। बजार घट्दो क्रममा रहेको समयमा बैंक निक्षेप वा समग्र बजारको तुलनामा ऋणपत्रबाट सुरक्षित र बढी प्रतिफल पाइने हुनाले लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन्। साथै, आर्थिक वर्षको अन्त्यसँगै ऋणपत्रहरूले ब्याज रकम भुक्तानी गर्ने भएकाले पनि पछिल्ला दिनहरूमा… पुरा पढौ

वैदेशिक रोजगारीको विकल्प बन्दै भूमिकाको चिया उद्योग: गाउँमै १३ जनालाई रोजगारी, वार्षिक ७ लाख बचत

इलाम, २५ असार । पछिल्लो समय इलामको चिया प्रशोधन उद्योगमा भूमिका थापा एउटा स्थापित नाम बनेकी छन् । डेढ दशकअघि वैदेशिक रोजगारीको सपना बोकेर इजरायल जान भाषाको दक्षतासमेत हासिल गरेकी थापालाई विभिन्न कारणले त्यसतर्फ जान अनुकूल भएन । विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने उनको सपना भाषा परीक्षामै सीमित रह्यो । तर, परीक्षा पास गरेको डेढ वर्षसम्म पर्खंदा पनि इजरायल जाने अवसर नपाएपछि उनी निराश भइनन्, बरु आफ्नै गाउँ फर्किएर चिया उद्योग सुरु गर्ने जग बसालिनन् । थापाले विसं २०७१… पुरा पढौ

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित छ’-महासंघ

काठमाडौं, २५ असार । मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको धारणा छ । सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात् गरेकोमा महासंघले स्वागत गरेको छ ।  निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मौद्रिक नीतिले अवलम्बन गरेको लचिलो कार्यदिशा उपयुक्त रहेको महासंघका… पुरा पढौ