मुख्य समाचार

प्रतिनिधिसभा बैठक-सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध (Live)

काठमाडौं, २५ असार। प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् । https://youtu.be/XarqmYHIJCw बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिनुभएको थियो । नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ...’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले… पुरा पढौ

आरबीसी व्यवस्था परिमार्जन गरिने, बीमा क्षेत्रलाई थप व्यावहारिक बनाउने प्राधिकरणको प्रतिवद्धता

काठमाडौं, २५ असार । नेपाल बीमा प्राधिकरणले बीमा बजारमा लागू गरिएको जोखिममा आधारित पूँजी (आरबीसी) सम्बन्धी नीतिलाई अझ बढी व्यवहारिक र समयसापेक्ष बनाउने प्रतिवद्धता जनाएको छ। बीमकहरूबाट आउने रचनात्मक सुझावहरूलाई समेट्दै यस व्यवस्थालाई परिमार्जन गर्दै लैजाने प्राधिकरणको योजना छ। ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आज एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। आरबीसी कार्यान्वयनको दुई वर्ष पुगेको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा बीमकहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने परिमार्जनका विषयमा घनिभूत छलफल गरेका थिए। संक्रमणकाल सफल, आगामी… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट उपलब्ध

दमौली (तनहुँ), २५ असार। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज… पुरा पढौ

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक, २५ । असार बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पु¥याएको छ । विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ ।… पुरा पढौ

२२ मेगावाट सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की, २५ असार। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु… पुरा पढौ

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ, २४ असार। कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ । रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई… पुरा पढौ

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णय

काठमाडौं, २४ असार । सरकारले नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएको हो। मुख्यसचिव नियुक्तिका अतिरिक्त बैठकले शिक्षा, स्वास्थ्य, प्रशासन र मानव अधिकार क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण नियमावली तथा कार्ययोजनाहरू स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू: प्रमुख नियुक्तिहरू: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई… पुरा पढौ

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौं, २४ असार। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ । राष्ट्र… पुरा पढौ

नेप्से ३०.०९ अङ्कले घट्यो, चार अर्ब ८२ करोडकाे काराेबार

काठमाडौं, २४ असार। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२… पुरा पढौ

लघुवित्त क्षेत्रमा गम्भीर संकट: राष्ट्र बैंकको मापदण्ड पूरा नगर्दा दुई दर्जन धराशायी उन्मुख, ८ वटा कारबाहीमा

काठमाडौं, २४ असार। नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष सम्बन्धी नियामकीय मापदण्ड पूरा गर्न नसक्दा देशका झन्डै दुई दर्जन लघुवित्त वित्तीय संस्थाहरू गम्भीर वित्तीय संकटमा परेका छन्। खराब कर्जा (NPA) को दर तीव्र रूपमा बढ्नु, ऋण असुली कमजोर हुनु र नाफामा भारी गिरावट आउनुले १७ वटा लघुवित्तको नयाँ ऋण लगानी गर्ने क्षमता पूर्ण रूपमा प्रभावित भएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको २०८२ चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेपछि ८ वटा लघुवित्त वित्तीय संस्था 'शीघ्र सुधारात्मक… पुरा पढौ