मुख्य समाचार

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३’ मा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २६ चैत । सिद्धार्थ क्यापिटलले आजदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन गरेकाे छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १२ करोड इकाई निष्काशन गरेकाे जनाएकाे हो। यसमा १ करोड २० लाख इकाई कोष प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ । ६० लाख इकाई कोषकाे व्यवस्थापक रहेकाे सिद्धार्थ क्यापिटलका लागि रहेकाे छ। बाँकी रहेकाे १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। इकाईमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएमा… पुरा पढौ

आईतबार डलरसहित विदेशी मुद्राको विनिमय दर स्थिर (मूल्यसूची)

काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितकाे विदेशी मुद्राकाे भाउ स्थिर रहेकाे छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ… पुरा पढौ

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन सकियाे, के के छन् ११ बुँदे घोषणापत्रमा ?

काठमाडौं, २६ चैत । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्यशृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ । वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं, २६ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। चैत २६ गते (आईतबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं, २५ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरे । गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका… पुरा पढौ

‘मलाई नेपाली गीत गाउने रहर छ’ : गायक अमित पल

काठमाडौं, २५ चैत । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए । त्यही शोको उपविजेता हुनुहुन्थ्यो अमित पल । गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे। ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका… पुरा पढौ

ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटनाबाट जोगियो

काठमाडौं, २५ चैत । धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ । अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् । महानगरीय प्रहरीवृत्त महाराजगञ्जका अनुसार उक्त हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा… पुरा पढौ

बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार : मन्त्री रिजाल

काठमाडौं, २५ चैत्र । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार रहेकाे बताएका छन् । उनले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने बताए । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताए । बिज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै बिस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्क रहेको भन्दै आफु र… पुरा पढौ

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु

ढोरपाटन, २५ चैत । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिए। परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको थियो । उनले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि… पुरा पढौ

नयाँ वर्षको अवसरमा पोखराको खपौंदीमा पहिलो ‘खपौंदी कार्निभल २०८०’ हुने

पोखरा, २५ चैत । फेवा पर्यटन विकास समितिले नव वर्ष २०८० को अवसरमा पहिलो खपौंदी कार्निभल ०८० आयोजना गर्न लागेको छ । समितिले पोखरा १८ स्थित फेवातालको उत्तरतर्फको गैह्राचौतारा देखि चंखपुर पामेसम्मको क्षेत्रमा चैत्र ३० गते र वैशाख १ गते कार्निभल गर्न लागेको हो । समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर पर्यटकिय क्षेत्र भएपनि पछाडी पारिएको महशुस भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्रमा गरिने कार्निभलले पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको जनाएकाे छ । समितिका अध्यक्ष अर्जुन… पुरा पढौ