मुख्य समाचार

लगानीमैत्री वातावरण बने प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री डा. ली

काठमाडौं, २७ चैत । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे। कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गर्नुभएका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए। उनले दक्षिण कोरियाले सही नेतृत्वका… पुरा पढौ

यसरी हुदैंछ नेपाल उद्योग वाणिज्य महासंघकाे नेतृत्व चयन

काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ७७ सदस्यीय कार्यसमिति मध्ये ६४ जना निर्वाचन प्रणालीबाट चुनिने भएका छन । बाँकी रहेका १६ जना मनोनित हुने महासंघका प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन । त्यही प्रावधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष हुने भएका हुन। महासंघमा १ वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला नगर र एसोसिएटका १-१ गरी ३ उपाध्यक्ष, एसोसिएटबाट १९, जिल्ला, नगरबाट १८, वस्तुगतबाट १४, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट १,… पुरा पढौ

‘समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’ मेयर बालेन

काठमाडौं, २७ चैत । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले जनताको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर सिहंदरबारको फोहोर नउठाइएको र यो दबाब आवश्यक रहेको बताएका छन् । उनले आफ्नो आधिकारीक फेसबुक एकाउण्ट मार्फत यस्तो स्पष्टिकरण दिएका हुन् । केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरुलाई यसबारेमा जानकारी हुने… पुरा पढौ

साढे २२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ चैत । राष्ट्र बैंकले मंगलबार २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने बताएकाे छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ । बैंकका अनुसार भाेलि जारी हुने साे ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकका अनुसार २८ दिनको लागि ३ अर्बको ट्रेजरी बिल जारी गर्न लागिएकाे छ । जाे २०८० साल वैशाख २८ गते परिपक्व हुने भएकाे छ… पुरा पढौ

भूगोल इनर्जीकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २७ चैत । भूगोल इनर्जीकाे सेयर आइपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैतकाे २३ गतेबाट सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । साे सेयरमध्ये १ लाख ८ हजार ८११ कित्ता विदेशमा काम गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेकाेथियाे। ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । सर्वसाधारणले बाँकी रहेकाे १३ लाख ४६ हजार ९९३ कित्ताका लागि… पुरा पढौ

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

ढोरपाटन, २७ चैत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन… पुरा पढौ

यो हो आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ… पुरा पढौ

गण्डकी, कर्णाली र सुदूरपश्चिममा क्षणिक वर्षाको सम्भावना

काठमाडौं, २७ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ। चैत २७ गते (सोमबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो बाहिरियाे

काठमाडौं, २६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीकाे समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको फाेन बार्ताकाे अडियो सार्वजनिक भएको छ । उक्त बार्तामा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै प्रसाईंसँग रकम मागेकाे अडियाे अहिले सामाजिक संजालमा भाइरल भएकाे छ । श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने र मन्त्री बन्नका पार्टीका नेताहरुले २ करोड मागेको बताएका छन् । सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम… पुरा पढौ

बिदाईमा लागेको नियास्रो विद्यार्थीको सफलताले मेटाउँछ: पालिखे

पोखरा, २६ चैत । पोखराकाे गैह्रापाटनमा रहेको प्रतिष्ठित कुमुदिनी होम्स माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूकाे विदाई कार्यक्रम सम्पन्न गरेको छ। आईतबार विद्यालयले कार्यक्रम गरेर कक्षा १२ का व्यवस्थापन तथा विज्ञानका विद्यार्थीलाई कक्षा ११ का व्यवस्थापन तथा विज्ञानका विद्यार्थीले उच्च शिक्षाको शुभकामना दिदैं बिदाई गरेका हुन। दुबैतर्फका ८६ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका अध्यक्ष अशोक पालिखेले भने, १२ कक्षाको अध्ययन पूरा गरेर अगाडिको शिक्षा अध्ययनका लागि प्यारा विद्यार्थीहरु जाँदैछन् हामी सधैं उनीहरुको शैक्षिक तथा अन्य सफलताको कामना गर्दछौं… पुरा पढौ