मुख्य समाचार

यस्तो छ २०८० सालको पर्व र बिदाको सूची

काठमाडौं, ३ चैत । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैंँ (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो… पुरा पढौ

कृषि विकास बैंकको सञ्चालक समितिको चुनाव १४ चैतमा हुने

काठमाडौं, ३ चैत । कृषि विकास बैंकक लिमिटेडको सञ्चालक समितिको निर्वाचन १४ चैतमा हुने भएको छ । बैंकको साधारण शेयरधनिहरुलाई प्रतिनिधित्व गर्ने समुह ‘ख’ अन्तरगतको निर्वाचनको लागि साधरण शेयर सदस्यलाई बैंकले सार्वजनिक सुचना प्रकाशित गर्दौ निर्वाचनको जानकारी दिएको हो । ३ जना सञ्चालकको लागि ८ चैत, साझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने बैंकले जनाएको छ । मतदाता नामावली विरुद्ध दावी विरोधका लागि ९ चैत ११ बजेदेखि २ बजे सम्मको समय दिएको छ । दावीविरोधमा जाँचबुझ सोही दिन ३ बजेदेखि… पुरा पढौ

सिन्धुलीमा १२ परिवारले सञ्चालन गरेको रहरलाग्दो होमस्टे

सिन्धुली, ३ चैत । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्य रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास ९होमस्टे० सञ्चालन… पुरा पढौ

लायन्स “डिष्ट्रिक्ट ३२५ के” नेपालको पहिलाे कन्भेन्सन भोलि पोखरामा हुदै, १५ सय लायन्सकाे सहभागिता रहने

पोखरा, ३ चैत । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलाे कन्भेन्सन भोलि शनिबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा हुने सो कन्भेन्सनमा डिष्ट्रिक्ट अन्तर्गतका करिब १५ सय लायन्सहरुको सहभागिता रहने अपेक्षा गरिएकाे डिष्ट्रिक्ट गर्भनर लायन राजेन्द्रकुमार बाटाजुले बताएका छन । उक्त कन्भेन्सनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन। कार्यक्रममा पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य, लायन्स अन्तर्राष्ट्रियका पिआइडी लायन सन्जय खेतान, लायन प्रबिन छाजेद,आइडी इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकाेटी, एलसिआइएफ एरिया लिडर लायन राजन लम्साल, काउन्सिल चेयरपर्सन लायन… पुरा पढौ

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं, ३ चैत । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो… पुरा पढौ

यूएईमाथि ९ रनको जित निकाल्दै नेपाल विश्वकप छनौट चरणमा

काठमाडौं, २ चैत । यूएईमाथि ९ रनको जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । विश्वकप क्रिकेट लिग टूको अन्तिम खेलमा आज त्रिवि मैदान कीर्तिपुरमा युएईलाई डकवर्थ लुइस मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको विशाल स्कोर खडा गर्यो । अहिलेसम्ममै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएपछ… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनूस्: प्रम दाहाल

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको गुनासो आएको भन्दै सो निर्देशन दिएका हुन्  “वैदेशिक रोजगारीमा जाने युवाले पासपोर्ट बनाउँदा, स्वास्थ्य परीक्षण गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म पाउने दुःख जटिल छ”, उनले भने, “कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको… पुरा पढौ

पूरा भयो उपराष्ट्रपति निर्वाचनको तयारी

काठमाडौं, २ चैत । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई  मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ”, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भनिन्, “मतपत्र पनि केन्द्रमा आइसकेको छ ।” सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको… पुरा पढौ

नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब १२ करोडको कारोबार

काठमाडौं, २ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । बजारको नकारात्मक लयको कारण लगानीकर्ताहरु अझैं पर्ख र हेरको अवश्थामा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.१४ अंकले घटेर १९३२.४८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.६७ विन्दुमा रहेको छ । यसदिन कुल २५७ कम्पनीको सेयर कारोबार उनीहरुको ३३… पुरा पढौ

प्रधानमन्त्रीले आश्वासन दिए पनि व्यवसायीले बैंकविरुद्ध आन्दोलन नरोक्ने

काठमाडौं २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन आश्वासन दिएपनि व्यवसायीले भने आन्दोलन जारी राख्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको बताउँदै आन्दोलन गर्ने बताएका छन् । गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो । तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा व्यापार संगठन आबद्ध बैंकको ब्यादरविरुद्ध मूल… पुरा पढौ