मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २१ असार। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०५… पुरा पढौ

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

मध्यविन्दु (नवलपरासी), २१ असार। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव… पुरा पढौ

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ असार। देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र… पुरा पढौ

परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

भक्तपुर, २० असार। राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ । उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठ पुरस्कृत हुनुभएको हो । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्दै नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यधिक… पुरा पढौ

मौद्रिक नीतिमा संरचनात्मक सुधार मुख्य आवश्यकता-महासंघ

काठमाडौं, २० असार नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई आफ्नो आधिकारिक सुझाव बुझाएको छ। महासंघले हाल अर्थतन्त्रको बाह्य सूचक सबल रहे पनि आन्तरिक अर्थतन्त्र शिथिल रहेको औंल्याउँदै अबको मुख्य चुनौती ब्याजदर नभई लगानीको माग र पुँजी परिचालन भएको स्पष्ट पारेको छ. वर्तमान आर्थिक परिदृश्य: बाह्य सूचक सबल, आन्तरिक शिथिल महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार देशको वैदेशिक मुद्रा सञ्चिती ३८.३ प्रतिशतले बढेर २२.६ महिनाको वस्तु र १९.२ महिनाको वस्तु तथा… पुरा पढौ

साताको सेयर बजार: नेप्सेमा सुधार, कारोबार रकममा गिरावट

काठमाडौं, २० असार । यस साता धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। गत साताको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको हो। पाँच कारोबार दिन खुला रहेको बजारमा दुई दिन नेप्से बढेको थियो भने बाँकी तीन दिन घट्न पुगेको थियो। समग्रमा उतारचढावका बीच बजार सकारात्मक दिशातर्फ नै बन्द भयो। परिसूचक र बजार पूँजीकरणमा वृद्धि नेप्से परिसूचक: गत साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१५ प्रतिशत (३.८९ अंक) ले बढेर २६५३.४० विन्दुमा पुगेको… पुरा पढौ

साढे एक करोड बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौं, २० असार। नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रु एक करोड ४८… पुरा पढौ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ नियुक्त

काठमाडौं, २० असार। सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्ष रहनुभएका मन्त्री खडक राज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गर्नुभएको छ । पदबहालीपछि उहाँले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ, २० असार। राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताउनुभयो ।… पुरा पढौ

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी), २० असार । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले जानकारीदिनु भयो । “मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतका कामहरु मात्र बाकीँ रहेका… पुरा पढौ