मुख्य समाचार

निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २ अर्ब विनियोजन

काठमाडौं, १८ असार । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३÷८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ । मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो । मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ ।… पुरा पढौ

नेप्सेमा ८.७८ अंककाे बृद्धि, ४ अर्ब ११ कराेडकाे काराेबार

काठमाडौं, १८ असार । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.८९ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंकले सकारात्मक रहेका छन्। बैंकिङ्ग उपसमूहले दियो बजारलाई टेवा बिहीबारको बजारलाई बढाउन… पुरा पढौ

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले दियाे ५ बुँदे सुझाव

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीति आउने समय नजिकिएसँगै यतिबेला पुँजी बजारका लगानीकर्ताहरू पनि निकै सक्रिय भएका छन्। शेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने प्रमुख नीतिगत सुधारका सुझावहरू नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष बुझाएको छ। पूँजी बजारलाई थप सुदृढ, गतिशील, तरल र लगानीमैत्री बनाउन केन्द्रीय बैंकले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष तारा प्रसाद फुल्लेलले बताएका छन्। संघले बैंक तथा… पुरा पढौ

प्रतिनिधिसभाः समसामयिक विषयमा ध्यानाकर्षण, प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध

काठमाडौं, १८ असार। प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा अहिले विशेष समय सञ्चालन भइरहेको छ भने सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ । संसद् सचिवालयको इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको छ । सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिनुभयो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नयाँ प्रविधि: एप लगइन नगरि सेकेन्डभरमै खाता ब्लक गर्न सकिने

काठमाडौं, १८ असार । बढ्दो डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकहरूको निक्षेप सुरक्षित राख्न ग्लोबल आइएमई बैंक लिमिटेडले अत्याधुनिक प्रविधि भित्र्याएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकहरूका लागि मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै आफ्नो खाता रोक्का (ब्लक) गर्न सक्ने अभूतपूर्व र कडा सुरक्षात्मक (Fraud Resilient) व्यवस्था मिलाएको हो। वित्तीय तथा डिजिटल साक्षरताको कमीका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि बैंकले ग्राहकको मिहिनेतको कमाइ जोगाउन यो कदम चालेको जनाएको… पुरा पढौ

यूनाइटेड अजोड इन्स्योरेन्सकाे ६३ हजार कित्ता बढी संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं, १८ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामी (अक्सन) मार्फत बिक्री खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै ६३ हजार ८४७ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको जनाएको छ। कम्पनीले यसअघि १००:१० को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरेको थियो। सो अवधिमा आवेदन नपरेपछि ती सेयरहरू लिलामीमा लगिएको हो। कम्पनीले पहिलो पटक गत २०८३ जेठ २९ गतेदेखि असार ८ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बोलपत्र आह्वान गरेको थियो। तर,… पुरा पढौ

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्दै राष्ट्र बैंक

काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटेर ‘र्‍याडम स्यापिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना सङ्कलन गर्ने बताइएको छ । राष्ट्र बैंकले सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गर्ने बताइएको छ । सर्वेक्षणबाट… पुरा पढौ

माछापुच्छ्रे बैंकलाई ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५’ अन्तर्गत कास्य पुरस्कार

काठमाडौं, १८ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड २०२५’ (Best Presented Annual Report Award - BPA) अन्तर्गत कास्य पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई आत्मसात् गरेको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौँमा आयोजित एक विशेष औपचारिक समारोहका बीच माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गर्नुभएको छ । यस सम्मानले… पुरा पढौ

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौं, १८ असार । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ । दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक… पुरा पढौ

पोखरा महानगरको बजेट पारित

कास्की, १८ असार । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो । महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख,… पुरा पढौ