मुख्य समाचार

आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, २२ असार। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशका… पुरा पढौ

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २२ असार। एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति समयानुकूल बनाउन सरोकारवालाको सुझाव

काठमाडौं, २१ असार | आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई समयानुकूल बनाउँदै बजेटले सम्बोधन गर्न नसकेका विषयहरूलाई समावेश गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा पूर्वगभर्नरहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरूले खस्कँदो अर्थतन्त्रको सुधारका लागि मौद्रिक नीतिले विशेष जोड दिनुपर्ने बताएका हुन् । केन्द्रीय बैंकको स्वायत्तता र नीतिगत सन्तुलनमा जोड बैठकमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउने गरी मौद्रिक नीति तय हुनुपर्ने धारणा राख्नुभयो । वित्तीय नीति (बजेट) र… पुरा पढौ

बैंकिङ प्रणालीमा निक्षेपको नयाँ रेकर्ड: ८१ खर्ब नाघ्दा पनि कर्जा प्रवाह सुस्त

काठमाडौं, २१ असार । नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलनले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । यो नेपाली बैंकिङ इतिहासकै अहिलेसम्मकै उच्च निक्षेप हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको मात्रै हिस्सा ७३ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ७ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा प्रवाह सुस्त, सीडी रेसियो… पुरा पढौ

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ, २१ असार। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा आज आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उहाँले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाउनुभयो । आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उहाँले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।… पुरा पढौ

मुआब्जा विवाद समाधान भएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम, २१ असार। मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ । जयनगर–बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा… पुरा पढौ

यस्ताे छ इप्पानकाे ५० बुँदे कार्ययोजनासहित ‘भिजन २०२९’

काठमाडौं, २१ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेको छ। धुलिखेलमा असार १९ र २० गते सम्पन्न इप्पानको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ऊर्जा क्षेत्रका नीतिगत, कानुनी तथा प्रक्रियागत अवरोधहरू हटाउने उद्देश्यसहित ५० बुँदे कार्ययोजना पारित गरेको हो। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा बसेको उक्त बैठकले विद्युत् उत्पादन, प्रसारण, लगानी, वित्तीय व्यवस्थापन तथा विद्युत् व्यापारलाई मुख्य प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने… पुरा पढौ

एशियन लाइफको २४ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २१ असार। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी २४ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीले प्रकाशन गरेको सूचना अनुसार, उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया र ध्यान दिनुपर्ने विवरणहरू: आवेदन दिने स्थान: सेयर खरिद गर्न चाहने सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौँमा आइपुग्ने गरी निवेदन… पुरा पढौ

सरकारको १०० दिन: सुशासन र शासकीय रूपान्तरणको ऐतिहासिक प्रस्थान (पूर्णपाठ)

काठमाडौं, २१ असार । जेन्जी आन्दोलन र जनआदेशको जगमा गठन भएको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको छ। सरकार गठन भएकै दिन स्वीकृत गरिएको शासकीय सुधारका १०० कार्यसूचीलाई मुख्य आधार बनाउँदै यस अवधिमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अपराधको अन्त्य, र प्रशासनिक मितव्ययिताका क्षेत्रमा दूरगामी एवं परिणाममुखी उपलब्धि हासिल भएको दाबी सरकारले गरेको छ। पहिलो वर्षलाई 'शासकीय सुधारको आधार वर्ष' का रूपमा अघि बढाउँदै सरकारले विगत लामो समयदेखिको राजनीतिक भागबन्डा र नीतिगत सेटिङको परम्परालाई तोड्न… पुरा पढौ

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी, २१ असार। हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’जस्ता कार्यक्रम विगतकै निरन्तरतास्वरुप आएका छन्। प्रदेश सरकारले यसपटक भने बजेटमार्फत नयाँ सोच अगाडि सारेको छ । बजेटलाई विकासको परम्परागत परिभाषाभन्दा बाहिर निकाल्ने प्रयास गरिएको… पुरा पढौ