मुख्य समाचार

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

जनकपुर, १४ फागुन । नेपाल र भारतीय सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वय र समझदारीमा सीमा क्षेत्रमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्ने निष्कर्षसहित विभिन्न निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए। बैठकमा सीमा क्षेत्र दशगजामा भइरहेको अतिक्रमण हटाउने र घरबारविहीनहरूको वैकल्पिक व्यवस्थाका लागि २ देशका अधिकारीको समन्वयमा अनुगमन समिति… पुरा पढौ

एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

काठमाडौं, १४ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए। उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र… पुरा पढौ

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

हेटौँडा, १४ फागुन । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले ।राति ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन्। उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिए। पुरा पढौ

आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो

काठमाडौं, १३ फागुन । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो ।… पुरा पढौ

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताएका छन्। एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका छन्। नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सफल राजनीतिज्ञ भएको बताए। अध्यक्ष ओलीले भने, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाै। हामीले दलीय… पुरा पढौ

राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

काठमाडौं, १३ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए । उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान थिए ।… पुरा पढौ

निरन्तर उकालाे लाग्याे टेस्लाको सेयरमूल्य

काठमाडौं, १३ फागुन । टेस्लाको सेयरमूल्य निरन्तर उकालाे लागिरहेकाे छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्य २०२३ को सुरुदेखि उकालाे लागेकाे हाे । यसले अहिले पनि निरन्तरता पाइरहेकाे छ । पछिल्लाे समयमा टेस्लाको सेयरमूल्य लगभग शतप्रतिशतले बढेको पाइएकाे छ। फेब्रुअरी महिनामा यसकाे प्रतिकित्ता सेयरमूल्य २०० डलर पुगेको छ । जनावरी महिनामा प्रतिकित्ता १०० डलरको हाराहारीमा रहेकाे थियाे । यस अघिकाे तथ्यलाइ हेर्ने हाे भने सन् २०२१ को नोभेम्बरमा सेयरमूल्य प्रतिकित्ता ४१४ डलर पुगेको थियो । त्यसपछि घटेकाे सेयरमूल्य १०१… पुरा पढौ

१ अर्ब ११ करोड लागतमा बनेकाे ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ सञ्चालन अझै अन्योलमा

बुटवल, १३ फागुन । १ अर्ब ११ करोड लागतमा बुटवलमा बनेकाे "बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र" अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको ६ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल… पुरा पढौ

एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्दै सुवास नेम्वाङ

काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन। नेकपा एमाले स्राेतका अनुसार नेता सुवास नेम्वाङलाइ एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको बताइएकाे छ । एमालेका उम्मेदवार नेता सुवास नेम्वाङले चुनाव जित्ने पनि एमालेकाे दाबी रहेकाे छ । पुर्व सहमती अनुसार नै एमालेले राष्ट्रपतिकाे दाबी गरेकाे र साेही बमाेजिम नेम्वाङलाइ राष्ट्रपतिको उम्मेदवार बनाएकाे एमालेले जनाएकाे छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दललाइ सहयाेग गर्न अपिल गरेकाे छ ।उपमहासचिव पृथ्वीसुब्बा गुरुङले… पुरा पढौ

नेता पौडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडाैं, १३ फागुन । नेपाली कांग्रेसले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका… पुरा पढौ