मुख्य समाचार

अब सातै प्रदेशबाट निजामती अस्पतालको सेवा प्रबाह हुनेछ: सामान्य प्रशासनमन्त्री मोदी

काठमाडाैं, १६ फागुन । सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको सेवा सातवटै प्रदेशबाट दिइने बताएका छन। उक्त अस्पतालको अनुगमनका क्रममा मन्त्री मोदीले निजामती सहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्नेमा जोड दिए । “सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गर्ने योजना छ”, उनले भने । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृतिविकासतर्फ आफूले ध्यान… पुरा पढौ

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधी पोखरा महानगरलाई

पाेखरा, १५ फागुन । कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर आज सम्पन्न १३औँ संस्करणको सो प्रतियोगितामा पोखराले २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको हो । रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्यसहित ६ पदक प्राप्त गरी द्वितीय बन्यो । यसैगरी ९ रजत र ९ कास्यसहित १८ पदक जितेर माछापुच्छ्रे गाउँपालिका तृतीय बन्यो। ७ रजत र… पुरा पढौ

लगानी बोर्ड र एडीबीको सहकार्यमा सार्वजनिक-निजी साझेदारी प्रशिक्षण शुरु

काठमाडौं, १५ फागुन । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ । “सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य… पुरा पढौ

सन्दीप लामिछानेले पाए विदेश जाने अनुमति

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको धरौटीमा रिहाको आदेश सदर भएको छ । आज सर्वोच्च अदालतले लामिछानेसँग सम्बन्धित दुवै निवेदनको सुनुवाई टुंग्याउँदै यसअघिको धरौटीमा रिहाको आदेशलाई सदर गरेको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै उनलाई क्रिकेट खेल्न विदेश जाने अनुमति पनि दिएको हो । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहा भएर राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेका लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । धरौटीमा… पुरा पढौ

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामापत्र बुझाएका हुन्। नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका… पुरा पढौ

७ महिनामा साढे ५ अर्बमाथिको विद्युतीय गाडी आयात

काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार राजस्व आम्दानी गरेको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरका २ हजार ९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, १५ फागुन । नेप्सेमा गईरहेको आर्थिक सूचकांकहरुको पहिरो रोकिएको छैन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले घटेर ३८३ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहरुमध्ये ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको… पुरा पढौ

७ महिनामा पेट्रोलियम पदार्थका लागि बाहिरियो पौने २ खर्ब

काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा पौने २ खर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ७ महिना अर्थात् साउनदेखि माघ मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो परिस्थिति देखाएको हो । यो अवधिमा नेपालमा १ खर्ब ७० अर्ब ४४ करोड ९७ लाख २१ हजार बराबरको ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल, १ लाख २ हजार ९९२ किलोलिटर… पुरा पढौ

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने

काठमाडौं, १५ फागुन । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज सोमबार बिहान बसेको दलको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । दलसम्बद्ध स्रोतका अनुसार सरकारबाट बाहिरिने र यो सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय सचिवालय बैठक गरेको हो । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग… पुरा पढौ

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं, १५ फागुन । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको पाइएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार यो परिसूचक ४.५५ अंक बढेर २०२७.१९ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से २.०४ अंक बढेर २०२९.२३ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.९३ अंकको बढोत्तरी भएको छ । आज सोमबारको प्रि-ओपन सेसनमा २० वटा स्टकको ६४ लाख ५०९ रुपैयाँ २५ पैसा बराबरको १५ हजार १०० कित्ता… पुरा पढौ