मुख्य समाचार

लाभांश पारित गर्न सांग्रिला बैंकले डाक्यो साधारण सभा

काठमाडौं, १६ फागुन । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित साधारण सभा आह्वान गरेको हो । बैंकको उक्त १८ औँ वार्षिक साधारण सभा आगामी चैत १७ गते, शुक्रबारका लागि बोलाइएको हो । उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशतका दरले बोनस सेयर र त्यसैको कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश गरी जम्मा ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने… पुरा पढौ

ल्यापटपको प्रयोग बढ्दो, ७ महिनामा साढे ३ अर्बको आयात

काठमाडौं, १६ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ३ अर्बभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका ३३ देश तथा नाम नखुलेको एक स्थानबाट ३ अर्ब ६० करोड २ लाख ९० हजार रुपैयाँ बराबरको ५४ हजार २०३ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई यो अवधिमा ४७ करोड १३ लाख ८० हजार रुपैयाँ… पुरा पढौ

एकल अंकमा आयो ट्रेजरी बिलको औसत दर

काठमाडौं, १६ फागुन । ट्रेजरी बिलको औसत दर १० प्रतिशतभन्दा कममा आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सबै ट्रेजरी बिलको औसत दर १० प्रतिशतभन्दा कममा आएको हो । ट्रेजरी बिल सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने गर्दछ । सामान्यतया दोहोरो अंकमा हुने औसत दर घटेर गत आइतबार राष्ट्र बैंकले जारी गरेको २८ दिन अवधिको ट्रेजरी बिलका लागि भने ७.२१ प्रतिशत कायम भएको थियो । बैंकहरुका तर्फबाट २८ दिन अवधिको ट्रेजरी बिलमा न्यूनतम ५.२२ प्रतिशतदेखि ७.४८ प्रतिशतसम्म बोलकबोल… पुरा पढौ

नेपालबाट थप बिजुली किन्दै भारत

काठमाडौं, १६ फागुन । भारतले नेपालबाट थप बिजुली खरिद गर्ने भएको छ । यसका लागि हालै नेपाल विद्युत प्राधिकरणले ५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्न ४ जलविद्युत आयोजनाको नाम भारत पठाएको छ । हालसम्म प्राधिकरणले दैनिक विद्युत बजार (डे-अहेड मार्केट) को आधारमा बिजुली बिक्री गर्दै आएको छ । यसै प्रसंगमा प्राधिकरणले ५ वर्षका लागि ती ४ आयोजनाको बिजुली बिक्रीका लागि नाम पठाएको बताइएको छ । प्राधिकरणले नाम पठाएका आयोजनामा ८६ मेगावाटको सोलुखोला (दुधकोसी), ३६ मेगावाटको अपर बलेफी, २२… पुरा पढौ

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

काठमाडौं, १६ फागुन । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो… पुरा पढौ

मोदी ईनर्जीकाे सेयर फागुन २५ गतेदेखि निष्काशन हुने

काठमाडौं, १६ फागुन । मोदी ईनर्जीले सेयर (आईपीओ) निष्काशनकाे तयारी गरेकाे छ । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गर्न लागेको जनाएकाे छ । जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशतले हुने २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता साधारण सेयर पर्वतकाे कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र… पुरा पढौ

तत्काल खरिद प्रक्रिया सुरु नगरे मलखादको अभाव हुने

वीरगञ्ज, १६ फागुन । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा एक लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । चालु आवको साउनदेखि माघसम्ममा ९० हजार… पुरा पढौ

‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’

काठमाडौं, १६ फागुन । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ । भूमि प्रशासन जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले भूमि प्रशासनको सेवालाई जनमुखी र गुनासोरहित बनाउन पछिल्लो समय मन्त्रालयले सुशासनका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको बताए। सचिवसँग कार्यालय प्रमुख… पुरा पढौ

‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’

काठमाडौं, १६ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताएका छन् । ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उनले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन सकिने धारणा राखे। “व्यवस्थित ठमेल निर्माणका लागि आचारसंहिता बनाऔँ, आचारसंहिताअनुसार सबैले काम गरे यसभित्र देखिएको विकृति अन्त्य हुँदै जान्छ”, उनले भने।… पुरा पढौ

साझेदारी विकास कोषबाट लगानी भएको ऋण उठेन

तुलसीपुर, १६ फागुन । तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन । विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो । यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भए पनि नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो । त्यो कोषको रकमबाट विसं २०६५ देखि ऋण लगानी भए पनि उठेको छैन । तत्कालीन अवस्थामा नगरपालिकालाई रु ६८ लाख हस्तान्तरण भएको थियो । तर अहिले रु ६६ लाख १९ हजार सात सय ३४… पुरा पढौ