मुख्य समाचार

राप्रपाले गर्याे सरकारबाट बाहिरिने निर्णय

काठमाडाैं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले 'प्रचण्ड' नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।  पार्टी कार्यालय धुम्बाराहीमा अाज बिहान बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको प्रवक्ता माेहन कुमार श्रेष्ठले जानकारी दिएका छन।  केन्द्रमा जस्तै प्रदेशमा पनि सोही अनुसार गर्ने निर्णय भएको बताइएकाे छ । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको र साेही सहमती अनुसार बनेका प्रदेशका सरकारमा पनि राप्रपाकाे सहभागिता थियो।  प्रचण्ड नेतृत्वको… पुरा पढौ

पोर्चुगलका नेपालीले नजिकका दूतावासबाटै राहदानी पाउने

काठमाडौं, १३ फागुन । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् । हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो । राहदानीको लागि तोकिएको… पुरा पढौ

राष्ट्रपति निर्वाचन: उम्मेदवार मनोनयनपत्र दर्ता आज

काठमाडौं, १३ फागुन। मुलुकको सर्वाेच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच÷पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३… पुरा पढौ

तेह्रथुम आगलागीमा १४ घर नष्ट, क्षतिको विवरण आउन बाँकी

तेह्रथुम, १३ फागुन । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ… पुरा पढौ

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी, १३ फागुन । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन… पुरा पढौ

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुदैन : वरिष्ठ उपाध्यक्ष ढकाल

कुस्मा, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने कुरा बताए। “हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने। उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे।… पुरा पढौ

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो,… पुरा पढौ

‘ग्लोबल आइएमई डिबेन्चर २०८४-८५’ बाँडफाँड

काठमाडौं, १२ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको 'ग्लोबल आइएमई डिबेन्चर २०८४-८५' बाँडफाँड गरिएको छ । प्रति शेयर १ हजार रुपैयाँ अङ्कित दरको ५० लाख कित्तामध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) सर्वसाधारणहरुको गत माघ २९ देखि खुला गरिएको थियो । निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको ५ वर्ष अवधि तथा वार्षिक ११.२५% ब्याजदर भएको उक्त डिबेन्चर निष्कासन तथा बिक्री खुल्ला गर्दा प्राप्त हुन आएको आवेदनहरु आज… पुरा पढौ

लघुवित्त क्षेत्रका समस्या समाधानमा सरकारी प्रयास सार्वजनिक गर्न माग

काठमाडौं, १२ फागुन । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताइन। “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ ? समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ ? हामी संसद्मा प्रश्न मात्रै गर्न वा समस्या मात्रै सुनाउन बसेका होइनौँ । मन्त्रालयको जवाफ पनि चाहिन्छ”, उनले भनिन्। संसद्को यसअघिका बैठकमा पनि लघुवित्तका… पुरा पढौ

आइतबार आइपीओ बाँडफाँड गर्दै एशियन हाइड्रो

काठमाडौं, १२ फागुन । एशियन हाइड्रोपावरले आइतबार आईपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने बताइएको छ । कम्पनीले निष्कासन गरेको आइपीओमा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको सिडीएस एण्ड क्लियरिङले… पुरा पढौ