मुख्य समाचार

एक महिनापछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता

देउखुरी, २९ माघ । लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएको छ । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले राति जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ… पुरा पढौ

चिकित्सक कुटपिटको विरोधमा आइतबार स्वास्थ्य सेवा बन्द

काठमाडौं, २८ माघ । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते… पुरा पढौ

अब ठूला सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडौं, २८ माघ । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव गरेको हो । “रु पच्चिस करोडभन्दा बढी शेयर पूँजी भएका वा वार्षिक रु ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारीसम्बन्धी प्रचलित… पुरा पढौ

प्रिमियर स्टीलको ‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

बिराटनगर, २८ माघ । नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टील प्रालिले 'प्रिमियर डिलर्स मिट २०७९' कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिराटनगरमा आयोजित समारोहमा प्रिमियर स्टीलले आफ्नो ब्यवसायीक यात्राकाे महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर 'प्रिमियर डिलर्स मिट २०७९' कार्यक्रम सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा कंपनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, साैरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कंपनीका बारेमा प्रकाश पार्दै हाल कंपनीका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका याेजना र भावी रणनितिका बिषयमा डिलर संचालकहरूलाइ जानकारी गराएका थिए ।… पुरा पढौ

धार्मिक पर्यटकीय नगरी बन्दैछ जनकपुरधाम

जनकपुरधाम, २८ माघ । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् । महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको… पुरा पढौ

तमानमा जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गरिने

ढोरपाटन, २८ माघ । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन । गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का… पुरा पढौ

सेना दिवसकाे अवसरमा प्रधानसेनापति खुला दौड प्रतियोगिता

काठमाडौं, २८ माघ । सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ । उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी छन्। उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा… पुरा पढौ

राष्ट्रिय मधेसी नागरिक समाजद्वारा किसानलाई मल र बीउ उपलब्ध गराउन माग

काठमाडौं, २८ माघ । राष्ट्रिय मधेसी नागरिक समाजले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हुँदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो । समाजले विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । “बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी… पुरा पढौ

वडाध्यक्ष खुसीराम दिनभरि जनताको काममा, साँझ बिहान बारीमा

तुलसीपुर, २८ माघ । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिएका छन् । उनले भने, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको… पुरा पढौ

ओटेफको अध्यक्षमा भण्डारी चयन, पत्रकार जमुना वर्षा सम्मानित

पोखरा, २७ माघ । आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा महिला सहभागिता भन्ने नाराका साथ स्थापना भएको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशनले उमा रेग्मी भण्डारीको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्ष ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने, सचिव बालकुमारी न्यौपाने (शर्मिला), कोषाध्यक्ष शारदा भुजेल र सहकोषाध्यक्ष रीता रेग्मी पौडेल (मुना) रहेका छन्। सदस्यमा कान्ति अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, सरिता शर्मा, विष्णुमाया शर्मा… पुरा पढौ