मुख्य समाचार

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं, २७ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालज्यूले हस्ताक्षर गरे । नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु… पुरा पढौ

नीतिगत दर घटेपछि बैंकको ब्याजदर घट्नेछ : प्रवक्ता डा. भट्ट

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले नीतिगत दर घट्नुले बैंकको ब्याजदर घट्ने बताएका छन् ।प्रवक्ता भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको इंगित गर्दै यस्तो बताएका हुन् । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले व्यवस्था गरेका नीतिका विषयमा प्रकाश पार्दै प्रवक्ता भट्टले ओभरनाइट तरलता सुविधाको ८.५ प्रतिशतको बैंक दरमा रहेको ब्याजदरलाई ७ प्रतिशतमा ओभरनाइट तरलता सुविधा दिने व्यवस्था गरिएकोले बैंकको ब्याजदर घट्ने बताएका हुन् । ।… पुरा पढौ

अर्थतन्त्रमा देखिएका समस्याको समाधान खोज्नुपर्छ: राष्ट्रपति

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छिन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताइन् । उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन् । राष्ट्रपति भण्डारीले भनिन्, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको… पुरा पढौ

एशियन हाइड्रोले गर्‍यो आईपीओ निष्कासन

काठमाडौं, २७ माघ । एशियन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ ।अहिले भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि… पुरा पढौ

शिवम् सिमेन्टको नाफा घट्यो

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट्स लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ। कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै सूचक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७… पुरा पढौ

नदी प्रवाही आयोजनाको १५ सय मेगावाटसम्म पीपीए गरिँदै

काठमाडौँ २७ माघ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको १ हजार ५ सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९ सय ३०औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाको १ हजार ५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ । ती आयोजनाको विद्युत् ‘लेऊ या तिर’ सिद्धान्तका आधारमा खरिद गरिनेछ । आयोजनाको विद्युत् सुक्खायाम अर्थात् १६ मङ्सिर–१५ जेठसम्म र बर्खायाम… पुरा पढौ

घूस मागेको अडियो बाहिरिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । उनले घुस मागेको अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बनको लागि पत्र पठाएको बताएको छ । एउटा विदेशी एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको अडियो सामग्री फेला परेकाले अनुसन्धानको लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । पत्रमा महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी गरेको प्रमाण भेटिएको उल्लेख छ । मन्त्रीस्तरीय निर्णयबाट निलम्बनको पत्र महानिर्देशकलाई लेखिपठाएको मन्त्रालयका… पुरा पढौ

मुद्रास्फीति वाञ्छित सीमाभन्दा माथि

काठमाडौं, २७ माघ । सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा अर्धवार्षिक समीक्षा अवधिसम्म ७.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत बराबर थियो । “वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा आयात मूल्य सूचकाङ्क आठ दशमलव सात प्रतिशतले बढेको छ भने… पुरा पढौ

नीतिगत दर ७ प्रतिशतमा झर्यो, निक्षेपको ब्याज घट्ला?

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सम्पन्न गरेको छ । अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर घटाइएको छ । राष्ट्र बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशत दरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा अब भने ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था समीक्षामार्फत गरिएको हो । बिहीबार मात्र नेपाल बैंकर्स संघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नीतिगत दर नघटे निक्षेपको ब्याज नघटाउने निर्णय गरेका थिए । यस हिसाबले नीतिगत दर… पुरा पढौ

शुभम् पावरको आईपीओ बाँडफाँड

काठमाडौं, २७ माघ । शुभम् पावर लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । कम्पनीले गत माघ १८ देखि २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो । यो बाँडफाँड कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा बिहान ९ बजे भएको हो । कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार… पुरा पढौ