मुख्य समाचार

भोलि देशैभर सार्वजनिक बिदा

काठमाडौं, २९ माघ । भोलि फागुन १ गते जनयुद्ध दिवसमा देशैभर सार्वजनिक बिदा दिइने भएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि फागुन १ गते जनयुद्ध दिवसका रूपमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । केहीदिन अघि जनयुद्ध दिवसमा बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर अब भने सरकारले उक्त दिन देशैभर सार्वजनिक बिदा दिने भएको हो । माओवादीले वि.सं. २०५२ फागुन १ गतेबाट सुरू गरेको जनयुद्ध २०६३ मंसिर… पुरा पढौ

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौै, २९ माघ । सरकारले चालु आर्थिक वर्षका लागि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् । “अर्थतन्त्रको विद्यमान प्रवृत्ति आकलन गर्दा ८ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन”, अर्थमन्त्री पौडेलले भने । कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन… पुरा पढौ

सुरु भयो रवि लामिछानेको राहदानीबारे अनुसन्धान

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान सुरु भएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरीमा अहिले प्रहरीले अनुसन्धान थालेको हो । केहीदिन अघि सफलले दिएको यही जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको बताएका छन् । नागरिकताबारे छानबिन गर्नका लागि आएको पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान गरिरहेकाले राहदानीको जाहेरी नलिइएकोमा… पुरा पढौ

चालु आर्थिक वर्षको बजेटमा संशोधन, घट्यो २ खर्ब ४४ अर्ब

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको कुल बजेट रकममा २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको छ । आज चालु आर्थिक वर्ष २०७९/८०को बजेटको संशोधनसहितको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब कम गरी १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको प्रस्तुत गरेको थियो । तर शुरुवाती ६ महिनासम्मको अध्ययनपछि अर्धवार्षिक समीक्षा… पुरा पढौ

लाभांश अनुमाेदन गर्न प्रभु इन्स्याेरेन्सले डाक्याे साधारण सभा

काठमाडौं, २९ माघ । प्रभु इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा बाेलाएकाे छ । इन्स्याेरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको हाे । साधारण सभामा गएकाे आर्थिक वर्षको मुनाफाबाट ७‍.०५ प्रतिशत लाभांशकाे प्रस्ताव पेश हुनेछ । यसमा ६.७०% बोनस सेयर र करका लागि ०.३५% नगद लाभांश रहेकाे छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनकाे प्रस्ताव पेश गरिने भएकाे छ । अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने वा गाभिने लगायतका विषयमा कार्य गर्ने सबै अख्तियारी सञ्चालक समितिलाई दिने… पुरा पढौ

बढेन मौद्रिक नीतिको समिक्षाले लगानीकर्ताको उत्साह, सेयर बजार राताम्मै

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाप्रति नीजि क्षेत्रको पूर्ण सन्तुष्टि नदेखिएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । जसकाे कारण सेयर बजार राताम्मै भएको छ । यो सेयर बजारका लागि सुखद् सन्देश होईन । राष्ट्र बैंक सेयर बजारका समस्याहरुको बारेमा जानकार रहेको र उचित संवोधन हुने बताउँदै आए पनि भनाई अनुसारको समिक्षामा ठोस नतिजा देखिने व्यवश्था नभएपछि लगानीकर्ताहरुको मानोबल घटाएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार सकारात्मक दिशामा नगई राताम्मै… पुरा पढौ

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनेबारे छलफल

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग आज उनले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले आगामी फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन् । सोही सिलसिलामा उनी… पुरा पढौ

रास्वपा दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता नै खारेजी गर्न माग गर्दै निवेदन परेको छ । आज निर्वाचन आयोगमा युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बेला कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दावी गर्दै निवेदन दर्ता गराएका हुन् । उनले आज दर्ता गराएको निवेदनमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा ९च० को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२०को निर्णयबाट पार्टी… पुरा पढौ

भारतमा व्यवसाय बन्द गर्दै टिकटक, नेपालमा के होला?

काठमाडौं, २९ माघ । सबैमाझ लोकप्रिय छोटो भिडियो प्लेटफर्म टिकटकले भारतमा आफ्नो व्यवसाय बन्द गर्ने भएको छ । चिनियाँ कम्पनी बाइटडान्सको यो एपले अहिलेसम्म भारतमा आफ्नो बिक्री सहायता टोली पनि राखिरहेको थियो । ३ वर्ष पहिले कम्पनीको विश्वव्यापी बिक्री सहायता टोली अर्थात् सेल्स सपोर्ट टिमलाई सघाउ पुर्याउन नियुक्त गरिएका यी टोली पनि अब भारतबाट हट्नेछन् । टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, “हामीले भारतमा हाम्रो रिमोट सेल्स सपोर्ट हब बन्द गर्ने निर्णय गरेका छौं । हामी यो कठिन समयमा हामीलाई… पुरा पढौ

१८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि १८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक परेको अल्पकालीन ऋण उठाउनका लागि बोलकबोल प्रक्रियामार्फत भोलि सोमबार समग्रमा १८ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यसरी बिक्री गर्न लागिएको समग्र १८ अर्बमध्ये ८ अर्बको ट्रेजरी बिल नयाँ हुनेछ भने बाँकी १० अर्बको ट्रेजरी बिल यसअघि जारी गरिएकैलाई नवीकरण गरिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब, ९१ दिन… पुरा पढौ