मुख्य समाचार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग (Live)

काठमाडौं, १४ असार। प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नुहुनेछ । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले… पुरा पढौ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बलेवा (बागलुङ), १४ असार। दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आउनुभएको छ । स्वदेमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गर्नुभएको व्यवसायले उहाँलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ । शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उहाँले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गर्नुभएको छ । चार वर्ष साउदीअरेबिया बसेर फर्किनुभएका जैमिनी नगरपालिका नगरपालिका–१… पुरा पढौ

नेपालमा एमजी ‘कम्युट इभी’ सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख ९९ हजार

काठमाडौं, १४ असार । जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रा.लि. (गोल्छा अर्गनाइजेसन) ले नेपाली बजारमा नयाँ विद्युतीय सवारी साधन एमजी कम्युट इभी (MG Commute EV) सार्वजनिक गरेका छन्। कम्पनीले यस गाडीलाई ‘स्वर्णिम अवसर’ को अवधारणासहित बजारमा ल्याएको हो। नेपाली बजारमा यस १०० किलोवाट क्षमताको ठूलो क्रसओभर युटिलिटी भेहिकल (CUV) को सुरुवाती मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो गाडी विशेषगरी होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लिटका लागि उपयुक्त हुने कम्पनीको… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १४ असार। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ… पुरा पढौ

मस्र्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

लमजुङ, १४ असार। सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका… पुरा पढौ

नाडाको स्वर्ण उत्सव समारोह सुरु, सप्ताहव्यापी कार्यक्रम गरिँदै

काठमाडौं, १३ असार । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा ऐतिहासिक 'स्वर्ण उत्सव समारोह' भव्यताका साथ सुरु गरेको छ। आज राजधानीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा स्वर्ण उत्सवको उद्घाटन सम्पन्न भएको हो। वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको पहलमा काठमाडौँमा स्थापना भएको नाडाले ५०औँ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी रूपमा (असार १३ गतेदेखि १९ गतेसम्म) राजधानी र सातै प्रदेशमा विभिन्न… पुरा पढौ

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं, १३ असार। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । बाँकी दिनमा रु तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नुपर्नेछ । त्यसका… पुरा पढौ

नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान

काठमाडौं, १३ असार । आज सूक्ष्म, साना तथा मझौला उद्यम दिवस हो । ‘नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्त बनाऔँ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम साथ मनाइँदै छ । सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) ले दिगो विकास, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा पु¥याएको योगदानबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१७ देखि प्रत्येक वर्ष जुन २७ मा यो दिवस मनाउने निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका… पुरा पढौ

लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

ल्हासा, १३ असार। नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासहित ११३ जनाको सहभागिता रहेको थियो । महावाणिज्यदूत… पुरा पढौ

नेप्से साप्ताहिक समीक्षा: सबै उपसूचकहरूमा गिरावट

काठमाडौं, १३ असार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता सबै उपसूचकहरूमा गिरावट आएको छ। उपलब्ध तथ्याङ्क अनुसार, गत साता (जुन १५–१९) को तुलनामा यो साता (जुन २२–२६) बजारका सबै १३ वटै क्षेत्रका सूचकहरू ओरालो लागेका छन्। मुख्य आकर्षणहरू: उत्पादन तथा प्रशोधनमा उच्च गिरावट: यो साता उत्पादन तथा प्रशोधन (Manufacturing And Processing) समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। यस समूहको सूचक ३.३१% (३६५.६७ अंक) ले घटेर १०,६९७.९५ अंकमा झरेको छ। हाईड्रोजन र होटल समूह पनि दबाबमा: जलविद्युत (HydroPower) सूचक २.८०%… पुरा पढौ