मुख्य समाचार

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौं, १६ असार। फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले… पुरा पढौ

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे

गोरखा, १६ असार। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उहाँले जानकारी… पुरा पढौ

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

ढोरपाटन (बागलुङ), १६ असार. मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरका अनुसार यसबेलासम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले ३८ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको हो । कुल पाँच… पुरा पढौ

सवारी साधनबाट कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं, १५ असार । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने सम्बन्धमा विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा छलफल गरेको हो। अपराधिक गतिविधि नियन्त्रणका लागि कालो सिसा हटाउनुपर्ने: ट्राफिक प्रमुख काफ्ले छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा समेत नभएका कालो सिसा भएका सवारी साधनहरू… पुरा पढौ

नेप्सेमा १६.५४ अङ्कको गिरावट, १३ वटै उपसमूह राताम्मे

काठमाडौं, १५ असार । साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो दिनदेखि ओरालो लाग्न सुरु गरेको बजारले यस हप्ताको सुरुआतमा पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १६.५४ अङ्कले घटेर २६३२.९६ विन्दुमा झरेको छ । नेप्से सँगसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.८४ अङ्क, फ्लोट इण्डेक्स १.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अङ्कले घटेको छ । कारोबार रकममा पनि संकुचन परिसूचकसँगै… पुरा पढौ

विद्युत प्राधिकरणको अवकाश कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाको ३४ वटा डिबेन्चर बिक्री गर्ने

काठमाडौं, १५ असार। नेपाल विद्युत प्राधिकरणको अवकाश कोष व्यवस्थापन महाशाखाले आफ्नो लगानी पोर्टफोलियोमा रहेका विभिन्न ३४ वटा बैंक तथा वित्तीय संस्थाहरूको डिबेन्चर (ऋणपत्र) खुला बजारमा बिक्री गर्ने भएको छ । प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेका यी ऋणपत्रहरू प्रतिस्पर्धात्मक दरमा बिक्री गर्न लागेको जानकारी दिएको हो । कोषले आफ्नो लगानी विविधीकरण तथा वित्तीय व्यवस्थापन गर्ने नियमित प्रक्रिया अन्तर्गत दोस्रो बजारमा यी ऋणपत्रहरू बिक्री गर्न लागेको जनाएको छ । असार १६ गतेदेखि बिक्री खुला पहिलो पटक असार १२… पुरा पढौ

सिद्धार्थ बैंकको पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १५ असार । सिद्धार्थ बैंक लिमिटेडले सर्वसाधारण तथा विभिन्न संघ-संस्थाहरूका लागि आफ्नो संस्थापक समूहको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको कुल २ लाख ७२ हजार ७३७ कित्ता सेयर सर्वसाधारण र संस्थाहरूले समेत खरिद गर्न पाउने गरी खुला गरेको हो । विद्यमान संस्थापकबाट आवेदन नपरेपछि नयाँ प्रक्रिया यसअघि बैंकले नियमानुसार आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै यो सेयर बिक्री खुला गरेको थियो । तर, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट कुनै पनि आवेदन नपरेपछि बैंकले… पुरा पढौ

राष्ट्र बैंकले खिच्याे पौने ४ सय खर्ब रुपैयाँ तरलता

काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न मौद्रिक उपकरणहरूको प्रयोग गरी बैंकिङ प्रणालीबाट कुल ३७२ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ बराबरको अधिक तरलता खिचेकाे गरेको छ । वित्तीय बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न उपकरणहरू आक्रामक रूपमा परिचालन गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष तरलता प्रशोचन निकै उच्च देखिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा खुद १९ खर्ब २३५ अर्ब ६५ करोड रुपैयाँ मात्र तरलता… पुरा पढौ

लगानीकर्ताको हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराउनुभएको हो । यही असार ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 'लोभ र प्रभावमा नपरी काम गर्नुहोस्' शपथ ग्रहणलगत्तै अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई कुनै पनि लोभ, लालच वा… पुरा पढौ

एमएसएस मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो

चितवन, १५ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) अनुगमनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये ८९ अङ्कसहित पहिलो भएको छ । त्यसैगरी, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७७ अङ्कसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएका छन् । ललितपुरस्थित पाटन अस्पतालको भने हाल मापन भइरहेको महाशाखाले जनाएको छ । मन्त्रालयले देशभरका १४ वटा संघीय अस्पतालहरूको सेवा प्रवाह र गुणस्तर परीक्षणका लागि… पुरा पढौ