मुख्य समाचार

आइएमई समूहको मुख्यलगानीमा जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम, १२ असार। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । चिसापानीको सानो भूगोलमात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौँदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १२ असार। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ… पुरा पढौ

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी, १२ असार। म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो । “वडा कार्यालयमार्फत किसानहरूबाट माग सङ्कलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “खेतबारी खनजोत गर्दा… पुरा पढौ

मधेस, बागमती, गण्डकी लुम्बिनीमा मनसुनी वायुको प्रभाव

काठमाडौं, १२ असार। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र… पुरा पढौ

ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं, ११ असार। ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो । त्यस अवसरमा ओमानका लागि नेपाल राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिनुभयो… पुरा पढौ

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं, ११ असार। नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा आज कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक रु ५०० र सहभागी श्रमिकले मासिक रु ५०० योगदान गरी प्रतिमहिना रु एक हजार जम्मा गर्ने व्यवस्था गरिनेछ । यसका लागि कोषले योजना सञ्चालन गर्न आवश्यक केवाइसी… पुरा पढौ

सेयर बजारमा आज पनि गिरावट, नेप्से साढे ८ अङ्कले ओर्लियो

काठमाडौं, ११ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज (बिहीबार) पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ को बिन्दुमा सीमित भएको हो। त्यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६४ अङ्कले ओरालो लाग्दै ४५८.२३ को बिन्दुमा आइपुगेको छ। २ अर्ब ८३ करोडको कारोबार बजार ओरालो लागे पनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ। आज कुल ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता… पुरा पढौ

दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि ब्याज पुँजीकरण र बैंक खाता रोक्का/फुकुवा सम्बन्धी व्यवस्थामा व्यापक नीतिगत परिवर्तन गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एक परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ नीति अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन प्रकृतिका परियोजनाहरूमा कर्जा प्रवाह गर्दा व्यावसायिक सञ्चालन वा उत्पादन सुरु भई नगद प्रवाह नहुँदासम्मको ग्रेस (मोराटोरियम) अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न सक्नेछन्। राष्ट्र बैंकले कम्तीमा २ वर्षपछि मात्र… पुरा पढौ

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौं, ११ असार। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका विद्यमान समस्या समाधान गर्ने गरी नीति ल्याउन सुझाव दिएको हो। ७ प्रतिशतको आर्थिक वृद्धिदर र एकल अङ्कको ब्याजदरको माग भेटका अवसरमा चेम्बरले मुलुकले सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि २० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा… पुरा पढौ

दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा

नारायणगढ (चितवन), ११ असार। नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा सुरु भएको ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ असार १३ गतेसम्म सञ्चालन हुनेछ । बहुआयामिक विषयमा गहन छलफल हुने आयोजक समितिका संयोजक प्रा.डा. निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा कृषिका विविध आयामहरूमा बहस हुनेछ । सम्मेलनमा… पुरा पढौ