मुख्य समाचार

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

काठमाडौं, १५ असार। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ । आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उहाँले भन्नुभयो, “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्छ ।” “श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो… पुरा पढौ

ड्रागन फ्रुट महोत्सव-१० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती, १५ असार। बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ । हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपवमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुभयो । स्थानीय उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १५ असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ १६ पैसा र बिक्रीदर १८६ रुपैयाँ… पुरा पढौ

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौं, १५ असार। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ ।… पुरा पढौ

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १५ असार । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी… पुरा पढौ

प्रतिगमन लुकाउन र वामपन्थी शक्ति सिध्याउन चुनावको नाटक गरियो: अध्यक्ष ओली

काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको 'जनताको बहुदलीय जनवाद' (जबज) नेपाली कम्युनिस्ट आन्दोलनको मौलिक र मार्गदर्शक सिद्धान्त रहेको बताउनुभएको छ। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। अध्यक्ष ओलीले मदन भण्डारीको वैचारिक योगदानको चर्चा गर्दै सम्बोधनको भन्नुभयो: "मदन भण्डारी केवल एउटा नेता मात्र नभएर नेपाली क्रान्तिका मौलिक सिद्धान्तकार हुनुहुन्थ्यो। उहाँले प्रतिपादन गर्नुभएको… पुरा पढौ

‘बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउँछ’

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सहयोग पुग्ने गरी नयाँ मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रवक्ता पौडेलले यस्तो जानकारी दिएका हुन् । "अभूतपूर्व रूपमा ज्यादै ठूलो जनविश्वास र जनाधार प्राप्त सरकारले ल्याएको बजेट र त्यो बजेटले जुन दिशा निर्देश गर्न खोजेको छ, त्यसलाई सपोर्ट हुने… पुरा पढौ

साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न ग्लोबल आईएमई बैंकको ‘उद्यमशाला’ कार्यक्रम घोषणा

काठमाडौं, १४ असार । ग्लोबल आईएमई बैंकले मुलुकमा लघु, साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकले कार्यक्रमको औपचारिक घोषणा गर्दै देशभरका उद्यमी तथा नवप्रवर्तनकारी सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो। बैंकका अनुसार ‘उद्यमशाला’ कार्यक्रमको उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित बनाउन आवश्यक ज्ञान, सीप… पुरा पढौ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं, १४ असार। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभयो । सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राख्नुभएको संशोधन बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी छ । पुरा पढौ

रास्वपामा ३५ हजार बढी बाल सदस्य रहेको दाबी, कानुन उल्लंघन भएको भन्दै सांसद काउचाको प्रश्न

काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको विषयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे सरकारसँग जवाफ मागेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउचाले रास्वपाको सदस्यता विवरणअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको औपचारिक तथ्यांक सार्वजनिक भएको उल्लेख गर्दै त्यसले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र बालबालिकासम्बन्धी ऐनको उल्लंघन गरेको दाबी गरिन्। उनले नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८… पुरा पढौ