मुख्य समाचार

वायुसेवा निगमले सञ्चयकोषलाई किन तिर्यो ३३ करोड ?

काठमाडौं, १ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड… पुरा पढौ

पर्वले नेपाली पहिचान निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्। “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप… पुरा पढौ

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ-उपराष्ट्रपति पुन

काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरे। लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश… पुरा पढौ

‘स्वस्थ जीवनको चाहना- योग, शिक्षा र साधना’ भन्दै राष्ट्रिय योग दिवस मनाउने

काठमाडौं, १ माघ । ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा… पुरा पढौ

पोखरा फाइनान्सको २६औं साधारण सभा सम्पन्न, अध्यक्षमा डा. दीर्घमान गुरुङ चयन

पोखरा, ३० पुस । पोखरा फाइनान्स लिमिटेडको आज सम्पन्न साधारण सभाले शेयरधनीलाई कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । नवनियुक्त अध्यक्ष डा. दीर्घमान गुरुङ फाइनान्सको २६औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतको दरले बोनस सेयर र प्रतिसेयर ०.२१ प्रतिशतको दरले नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. १.०८ अर्ब पुगेको छ । सभाले… पुरा पढौ

कृषकदेखि सरकारसम्म अलैँचीबारे छलफल गर्दै महासङ्घ

पाँचथर, ३० पुस । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता देखिएको भन्दै महासङ्घले यो अभियान थालेको हो । अलैँचीको अत्यधिक उत्पादन हुने प्रदेश १ का ताप्लेजुङ, पाँचथर र इलामका कृषक, व्यवसायी र सरोकारवालालाई शुक्रबार पाँचथरको फिदिममा भेला गरी महासङ्घले अन्तक्र्रियाको थालनी गरेको छ । उत्पादनदेखि बजारसम्म… पुरा पढौ

माघे सङ्क्रान्तिकाे बेलामा व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

भक्तपुर, ३० पुस । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउन्छन्। यहाँको चाकु र पुष्टकारी स्वदेशमा… पुरा पढौ

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव आजदेखि टुँडीखेलमा

काठमाडौं, ३० पुस । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिएकाे छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आज भाेलि टुँडीखेलमा सो महोत्सव आयोजना गरिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव… पुरा पढौ

प्रोत्साहनस्वरूप अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

मुगु, ३० पुस। छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताए। उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित… पुरा पढौ

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न महासङ्घकाे माग

काठमाडौं, ३० पुस । साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायी व्यवसाय छोड्न बाध्य हुनुपरेको भन्दै कर्जा ब्याजदरलाई एक अङ्कमा… पुरा पढौ