मुख्य समाचार

माघे सङ्क्रान्तिकाे बेलामा व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

भक्तपुर, ३० पुस । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउन्छन्। यहाँको चाकु र पुष्टकारी स्वदेशमा… पुरा पढौ

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव आजदेखि टुँडीखेलमा

काठमाडौं, ३० पुस । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिएकाे छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आज भाेलि टुँडीखेलमा सो महोत्सव आयोजना गरिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव… पुरा पढौ

प्रोत्साहनस्वरूप अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

मुगु, ३० पुस। छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताए। उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित… पुरा पढौ

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न महासङ्घकाे माग

काठमाडौं, ३० पुस । साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायी व्यवसाय छोड्न बाध्य हुनुपरेको भन्दै कर्जा ब्याजदरलाई एक अङ्कमा… पुरा पढौ

कामपा नगरसभा-रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजारको संशोधित बजेट पेश

काठमाडौं, ३० पुस। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजारको संशोधित बजेट नगरसभामा पेश गरेको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन्। चालु आवका लागि स्वीकृत रु चार अर्ब ३६ करोड ७१ लाख सात हजार बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको… पुरा पढौ

कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

काठमाडौं ३० पुस। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ। पुस ३० गते  (शनिवार) दिउँसोː कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीː कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। माघ १… पुरा पढौ

नेप्सेको साधारणसभाबाट शतप्रतिशत लाभांशकाे प्रस्ताव पारित

काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम रू एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । “आज सकिएको नेप्सेको ४१औँ साधारणसभाले शतप्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित पारित गरेको छ”, कम्पनी सचिव मुराहरि पराजुलीले भन्नुभयो । अघिल्लो आर्थिक वर्ष… पुरा पढौ

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको… पुरा पढौ

राइड सेयरिङ: ‘अफलाइन’ प्रयोग गर्नु कत्तिको सुरक्षित ?

काठमाडौं, २९ पुस । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार वञ्चित भयो । त्यति मात्रै नभई, गत जेठ २६ मा… पुरा पढौ

५ महिनामा ‘मूल्यवृद्धि’ साढे ७ प्रतिशत

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७।३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।११ प्रतिशत बराबर थियो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ… पुरा पढौ