मुख्य समाचार

कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

काठमाडौं ३० पुस। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ। पुस ३० गते  (शनिवार) दिउँसोː कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीː कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। माघ १… पुरा पढौ

नेप्सेको साधारणसभाबाट शतप्रतिशत लाभांशकाे प्रस्ताव पारित

काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम रू एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । “आज सकिएको नेप्सेको ४१औँ साधारणसभाले शतप्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित पारित गरेको छ”, कम्पनी सचिव मुराहरि पराजुलीले भन्नुभयो । अघिल्लो आर्थिक वर्ष… पुरा पढौ

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको… पुरा पढौ

राइड सेयरिङ: ‘अफलाइन’ प्रयोग गर्नु कत्तिको सुरक्षित ?

काठमाडौं, २९ पुस । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार वञ्चित भयो । त्यति मात्रै नभई, गत जेठ २६ मा… पुरा पढौ

५ महिनामा ‘मूल्यवृद्धि’ साढे ७ प्रतिशत

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७।३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।११ प्रतिशत बराबर थियो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ… पुरा पढौ

थप ३७ विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी

काठमाडौं, २९ पुस । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौं आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ । छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए । उनले भने, “परीक्षण सकाएर… पुरा पढौ

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर स्थिति बचतमा

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता रु ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५… पुरा पढौ

धरौटीमा छुट्दै क्रिकेटर लामिछाने

काठमाडौं, २९ पुस । नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुने एका छन् । हिजो बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी लिए उनलाई रिहा गर्न आदेश दिएको थियो । बिहीबार धरौटी बुझाउन ढिलो भएकाले प्रक्रिया पुर्‍याएर आजमात्र रिहा गरिन लागिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । आफूमाथि लागेको आरोप झूटो रहेको भन्दै थुनामुक्त गराउन पुनरावेदन गरेका लामिछानेको पेसीमा बिहीबार छलफल गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई सशर्त… पुरा पढौ

‘स्मार्ट’ लाइसेन्सका लागि कार्ड खरिद गर्दै विभाग

काठमाडौं, २९ पुस । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन ४/५ महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उनले भने, “तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्को आइपुग्छ भन्ने छ… पुरा पढौ

५ महिनामा कति भित्रियो रेमिट्यान्स ?

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा र्मिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । ५ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई 3 अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।… पुरा पढौ